• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सक्षम फाउण्डेशन नेपालको निःशुल्क स्वास्थ्य शिविर सम्पन

सक्षम फाउण्डेशन नेपालको निःशुल्क स्वास्थ्य शिविर सम्पन

काठमाण्डौ, १७ असार ।सक्षम फाउण्डेशन नेपालले बाल वाताबरण केन्द्र काठमाडौं, हेल्प मधेशी साउदी अरब र पर्सा मिलन केन्द्र काठमाडौंको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सामान्य स्वास्थ जाँच, बालरोग, नाक–कान–घाँटी, हाँड जोर्नी र प्रसुतिरोग सम्वन्धि जनचेतनामुलक कार्यक्रम तथा स्वस्थ पोषण परामर्श कार्यक्रम सम्पन गरेको हो । सिनामंगल ९ स्थित गुहेश्वरी उच्च माध्यमिक विद्यालय प्राङ्गनमा उक्त शिविर विहान ८ देखि दिउसो ५ बजेसम्म सञ्चालन भएको थियो ।
सम्वन्धित रोग विशेषज्ञहरु सहित स्वास्थयकर्मी तथा स्वयंसेवक गरि जम्मा ३२ जनाको टोलीले सेवा प्रदान गरेको उक्त शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, जनचेतनामुलक कार्यक्रम तथा औषधि वितरण गरेको कुरा फाउण्डेशनका अध्यक्ष डा.सि.के.सिंहले बताएका छन् ।
एक दिने स्वास्थ्य शिविरमा गरिब, सुकुम्वासी, निम्नवर्गिय तथा स्कुले छात्ररछात्रा, सर्वसाधारण सहित पाँच सय जनाको स्वास्थ्य जाँच, परामर्श तथा औषधी वितरण गरेको कुरा कुरा संस्थाका उपाध्यक्ष कुमार भास्करले जानकारी दिएका छन् । स्वास्थ्य शिविरमा डाक्टरहरुको संयोजन डा.सी.के.सिंहले गरेको थियो भन्ने नर्सिङ्गको कार्यभार रेखा पौडेल र स्वेता लाभले गरेका थिए । यसैगरि स्वम्सेबक तथा स्वास्थकर्मीहरुको संयोजन इन्द्रा मगर, रोजिना भट्टराई र नबिन शाहले गरेको कुरा संस्थाका महासचिव तपेश्वर यादवले जनाए । यसैगरी सक्षम फाउण्डेशन नेपालको तर्फबाट सल्हाकार सुभाषचन्द्र बिराजी र अध्यक्ष डा.सि.के. सिंहले निःशुल्क स्वास्थ्य शिविर सफलतापुर्बक सम्पन भएकोमा स्वास्थकर्मी टोली र सहयोग गर्ने समाजसेवीहरुलाई संयुक्त रुपमा कदरपत्र सहित धन्यवाद व्यक्त गरेका छन् ।
शिविरका लागि स्वास्थकर्मी टोलीहरुलाई व्यबस्थापनमा सहयोग प्रिती सिंह र उष्मा शर्माले गरिन् । फाउण्डेशनको तर्फबाट फिजिसियन डा. अशोक कुमार यादव, कल्पना महतो , रमेश कुमार श्रेष्ठ, ललन शाह र आदित्य महतो लगायतले सेवा प्रदान गरेका छन् ।
सक्षम फाउण्डेशन नेपालमा चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी संलग्न छन् । उनीहरुले विभिन्न समयमा दैवी प्रकोप, मानवीय विपद्, दुर्घटनामा सर्वसाधरणलाई उद्धारपछिको स्वास्थ्य उपचार, औषधि वितरण, मनोवैज्ञानिक परामर्शलगायत सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।