Top_Header_Right_Add

सप्तरीका कानूनव्यवसायीहरुको आन्दोलन फिर्ता

सप्तरीका कानूनव्यवसायीहरुको आन्दोलन फिर्ता

राजविराज, १५ असार । अदालतको गतिविधिमाथि प्रश्नचिन्ह उठाउँदै जकपुर राजविराज उच्च अदालत वार एसोसिएसनको अनिश्चितकालिन आन्दोलन फिर्ता भएको छ ।
सर्वोच्च अदालतका न्यायाधिस तथा न्यायपरिषदका सदस्य ओमप्रकाश मिश्रले दुई तीनदिनभित्रै परिणाम देखिने गरी माग सम्वोधन गर्ने विश्वास व्यक्त गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिईएको हो । वरिष्ठ अधिवक्ता, वार पदाधिकारी तथा अधिवक्ताहरुसँग शुक्रवार भएको सामुहिक छलफलमा उनले माग सम्वोधन गर्ने आश्वासन दिएको जनाईएको छ ।
राय किताब र फैसलामा फरक तथ्य राखी फैसला गरेको प्रकरणमा उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय नसरुल्लाह अन्सारी र बबिता उप्रेतीविरुद्ध छानबिन गर्न मिश्रको टोली राजविराज आएको छन् । टोलीमा सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय तथा न्यायपरिषद सचिवालयका शाखा अधिकृत कुमार खतिवडा रहेका छन् ।
छलफलमा वारका अध्यक्ष विजय यादवले कानुन ब्यवसायीको तर्फबाट मागबारे जानकारी गराएपछि मिश्रको आश्वासन पश्चात लिखित सहमति विना नै वारले आन्दोलन फिर्ता लिएका छन् । कानून ब्यवसायीहरु आईतवारदेखि नियमित रुपमा वहसमा सहभागि हुने अध्यक्ष यादवले जानकारी दिए ।
न्यायाधीशले आर्थिक चलेखेल गरेर मुद्दाको गलत फैसला गरेको आरोप लगाउँदै गत मंगलबारदेखि कानुन व्यवसायीहरुले उच्च अदालत राजविराजका सबै इजलास अनिश्चितकालका लागि बहिस्कार गरेका थिए । राजविराज इजजासका सम्पुर्ण न्यायाधिसको सरुवा र राय किताब र फैसला फरक पार्ने न्यायाधिसलाई कारवाही गर्नु पर्ने बारको माग छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।