• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मेसिनबाट रोपेर मनाईयो धान दिवस

सप्तकोशी, १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा सप्तकोसी नगरपालिकाका मेयर उत्तम गौतमले शुक्रवार आधुनिक तरिकाले धान रोपेर धान दिवसको उद्घाटन गरेका छन् ।
गोवद्र्धन बैरागी जनता माध्यमिक विद्यालय फत्तेपुरमा तयारी अवस्थामा रहेको ६ बिघा जगामा धान रोप्ने मेसिनबाट धान रोपेर सुरुवात गरेका हुन् । उद्घाटन पश्चात् बोल्दै मेयर उत्तम गौतमले अब परम्परागत शैलीबाट नभई आधुनिक तवरले कृषि पेशा गर्नुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक नागेन्द्र श्रेष्ठलेले विद्यालयले अब शिक्षाका अलावा आधुनिक कृषि प्रणालीतर्फ अघि सरेको बताए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र शेखर चौधरीले लागत बढी भए पनि उब्जनी बढी हुने र खेत बाँझो नहुने भन्दै अब विद्यालयले साधारण शिक्षा, कम्प्युटर शिक्षाका साथै अब कृषि पेशा र शिक्षा पनि अघि बढाउने बताए ।