चौफालमा क्रिष्चियन धर्मालम्वीको चर्च उद्घाटन

चौफालमा क्रिष्चियन धर्मालम्वीको चर्च उद्घाटन
Bwtech New Add With Software & Bull SMS

विरेन्द्र बजार, ७ असार । सप्तरीको अग्नीसाईर कृष्णा सवरन गाउँपालिका २ स्थित चौफालमा विहिवार क्रिष्चियन धर्मलम्वीको चर्च उद्घाटन गरिएको छ ।
क्रिष्चियन धर्मालम्वीहरुको धर्मालयको रुपमा मानिने चर्चको प्रेस्विटेरियन फ्री चर्च काउन्सिलका मोडरेटर रेभटेन डा. ई. टी. लकमसले एक समारोहको बीच रिवन काटेर भवनको उद्घाटन गरेका हुन् । कुल ५ लाख ५३ हजार ८ सय ८६ रुपैयाको लागतमा निर्मित भवनका लागी साविक गाविस सितापुरको ५० हजार, एच.एफ वोर्डको ५० हजार आषिश प्रेस्विविटेरियन काठ्माडौको २० हजार सहयोग तथा विभिन्न ब्यक्तिवाट ४ लाख ३३ हजार ८ सय ८६ रुपैयाँ चन्दा संकलन गरी भवन निर्माण गरेको चौफाल पे्रस्विटेरियन चर्चका एल्डर भिम वहादुर राईले जानकारी दिए ।
कार्यक्रममा डा. लकमसले चौफाल प्रेस्विटेरिन चर्चका लागी भिम वहादुर राई, रामदेव चौधरी र भुपेन्द्र राईलाई एल्डर घोषणा गरेको छ । आषिश प्रेस्विटेरियन चर्च उद्घाटन तथा एल्डर नियुक्ती कार्यक्रममा आषिश प्रेस्विविटेरियन फ्री चर्च कमिटिका अध्यक्ष रेभटेन डा. महेन्द्र भट्टराई एचईएफ वोर्डका अध्यक्ष रेभटेन ध्रुव अधिकारी, एचईएफ नेपालका सचिव एवम पुर्वाअञ्चल ईसाई समाजका अध्यक्ष रेभटेन कुवेर गुरुङ्ग, सदस्य श्याम प्रसाद राई, सप्तरी ईसाई समाजका अध्यक्ष पास्टर शिव नारायण चौधरी, एचईएफका अमरदिप राई, देवराज राई, एल्डर प्रकाश थापा लगायत झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सिरहा, काठमाण्डौका सहित सप्तरीको विभिन्न स्थानका क्रिष्चियन धर्मका अनुयायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा भवन निर्माणका लागी गाविसवाट रकम उपलब्ध गराउन सहयोगी भुमीका निर्वाह गरेकोमा पत्रकार वृजमान तामाङ सहित सम्पूर्ण चन्दादाताहरुलाई दोसला ओढाएर आयोजकले सम्ममान गरेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: