हेल्प मधेसी साउदी अरबको पहिलो महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

हेल्प मधेसी साउदी अरबको पहिलो महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
Bwtech New Add With Software & Bull SMS

साउदी अरब, ७ असार । हेल्प मधेसी साउदी अरबको पहिलो महाधिवेशन कमल देव शाहको अध्यक्षतामा ६९ जनाको नया कार्य समिति गठन गरिएको छ ।
दमाम डल्लाह, ९१ एरिया स्थित ईस्ताराको हलमा सम्पन्न अधिवेशनले कमल देव साहको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा राम दुलार मण्डल, प्रमोद कुमार मण्डल, राईन, उमेश यादव, मनोज कुमार मण्डल, महासचिवमा श्याम कुमार महतो, सहसचिव शैलेन्द्र कुमार यादव, कोषाध्यक्ष राज मण्डल र सहकोषाध्यक्षमा लक्ष्मी साह रहेका छन् । केन्द्रिय सदस्यमा रामबली ठाकुर, लालजी मोरिया, बसन्त कुमार यादव, मो.समीर शेख, परीक्षण मुखिया, रञ्जन कुमार मण्डल , जितेन्द्र प्रसाद चौधरी, ध्रुब मण्डल, सुरेश कुमार महतो, श्रवन कुमार मुखिया, शिव शंकर शर्मा, शत्रुधन प्रसाद यादव, जिबछ मुखिया, अहमद साफी, मनोज कुमार साह, लक्ष्मी नारायण मण्डल, विश्वमोहन मण्डल, जोगी राउत , रतन मण्डल, परमान्द मुखिया, राम कुमार यादव, देवराज कापर, प्रमोद कुमार मण्डल, बिनय कुमार मण्डल, रामचन्द्र ठाकुर, राम अनिरुद्ध यादव, राम मनोहर यादव, दिनेश पासवान, बिरेन्द्र साफी, रूपेश पासवान, राजिब सिंह, शिव कुमार सदा, उपेन्द्र प्रसाद यादव, ललित कुमार यादव, राजकिशोर यादव, सत्यनारायण दास, नविन साह, धर्मेन्द्र कामैत, बिरेन्द्र कुमार मण्डल, संजय कुमार यादव रहेका छन् । मिडिया रिपोर्टरमा जोगिन्द्र यादव, कमल देव महतो, शशी झा केन्द्रीय संरक्षक त्रिभुवन सिंह,कृष्ण देब यादब ,लक्ष्मी नारायण यादब, बिनय रौनियार, बिरेन्द्र दास कथवनिया लगायतका रहेका छन् ।
सल्लाहकारमा संजित कुमार मण्डल, बब्लु साह, राज ठाकुर, राज नारायण महतो, लालबाबु साह, रामललित यादव र अशेश्वर यादव रहेका छन् । यसैगरी क्षेत्रिय समिति जेद्दा संयोजकमा शत्रुघन सिंह, क्षेत्रीय समिति रियाद संयोजकमा प्रमोद कुमार साह, क्षेत्रीय समितिी तुरैफ संयोजकमा जालन्धर यादव, क्षेत्रीय समिति अलहासा कोर्डीनेटरमा रुदल मण्डललाई जिम्मेवारी दिईएको छ ।
प्रमोद कुमार मण्डलको अध्यक्षतामा तथा राजदुत प्रो.डा महेन्द्र सिंह राजपुतको प्रमुख तथा बिशिष्ट अथितिमा श्रम सहचारी अम्बिका अधिकारी, पुर्वी क्षेत्र स्थानीय कर्मचारी हरि घिमिरे, अब्दुर रहिम, समाजसेवी मो. बशीर मदनीक एनए मिडियाका प्रबन्ध निर्देशक रोशन श्रेष्ठ, एनआरएनए साउदी अरब अध्यक्ष नारायण पासवान, फ्रेन्ड्स अफ नेपाल, साउदी अरबका अध्यक्ष कृष्ण श्रेष्ठ, अन्तरसंस्था समन्वय समितिका अध्यक्ष मोहन बिएसके लगायतका रहेका थिए । एनए मिडिया कार्यक्रमको आधिकारिक मिडिया पार्टनर रहेका थिए भने अलमराई कम्पनीले कार्यक्रम प्रायोजन गरेको थियो ।
कृष्ण देब यादवद्वारा सञ्चालित औपचारिक कार्यक्रममा हेल्प मधेसी संस्थाको दलान कमिटिहरुलाई सम्मानित गरिएको छ । साउदी अरबभरि संस्थाको कुल ४४ दलान कमिटि रहेको छ । कार्यक्रममा शिक्षित बालबालिका शक्षित राष्ट्रको नारा सहित मधेशमा शैक्षिक क्षेत्रमा योगदान दिने उद्देश्यले हेल्पा मधेशी शिक्षा अभियान को सुरुवात गरिएको घोषणा प्रमुख अतिथिद्वारा गरिएको थियो ।
गायक उदीतनारायणको घरमा मजदूरको मृत्यु
राजविराज, ७ असार । सुप्रसिद्ध पाश्र्व गायक उदितनारायण झाको सप्तरीको भारदह स्थित पैतृक घरमा एक निर्माणकर्मी मजदूरको करेन्ट लागेर मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ भारदहस्थित गायक झाको घरमा निर्माण सम्बन्धी काम गर्ने २५ वर्षीय भारतीय मजदूर सञ्जीत कुमार यादवको विहीवार मृत्यु भएको छ ।
घरको निर्माणको गरिरहँदा गर्दा ३३ हजार भोल्ट भएको विद्युतीय तारमा फलाम छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । । घर निर्माणमा फलामे रडले विद्युतीय तारमा छुन गई करेन्ट लागेको थियो । उनलाई उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

Online Saptari

About The Author