प्रिन्सिपलद्वारा विद्यार्थी कुटिए

प्रिन्सिपलद्वारा विद्यार्थी कुटिए
Bwtech New Add With Software & Bull SMS

राजविराज, ४ असार । सप्तरीको राजविराज–६ स्थित होलीक्रस इङ्गलिस वोर्डिङ्ग स्कुलका प्रिन्सिपलले विद्यार्थीलाई कुटपीट गरेका छन् ।
विद्यालयका सञ्चालक समेत रहेका प्रिन्सिपल विनोद साफीको कुटपिटवाट छिन्नमस्ता गाउँपालिका १ घर भई हाल सोही विद्यालयको होस्टल नजिकै डेरा लिएर बस्दै आएका १४ वर्षिय धर्मदेव साह घाइते भएका हुन् ।्् उनको छाति, पिठ्यु र कम्मरमा गहिरो चोट लागेको पीडित परिवारले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
घटना गत शनिवार दिउँसो भए पनि सवैजना घाईते बालकलाई उपचार गराउन विराटनगर गएका कारण २ दिन ढिलो गरी सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा पीडित वालकका भिनाजु राजकुमार साहले वताए । पीडित बालकको परिवारका अनुसार स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत साह शनिवार विदाका दिन भएकोले डेरा नजिकै रहेको वोर्डिङ्ग स्कुलको होस्टलमा रहेका साथी अमित यादवसँग होस्टल प्रांगणमा झुला झुल्न आएका थिए ।
अचानक झुलाको सिक्री भाँचिएर अमित लडेका थिए । जसकाकारण टाउकोमा चोट लागेको थियो । सोही घटनाबारे थाहा पाएर पुगेका प्रिन्सिपल साफीले मुड्कीले हान्दा छोरा धर्मदेव गम्भिर घाईते भएको वुवा रामआसिस साहले बताए । विद्यार्थीहरु खेल्दै गर्दा भएको सामान्य दुर्घटनाको निहुँमा आवेशमा आई प्रिन्सिपल साफीले पशु जस्तो व्यवहार देखाएको उनको आरोप छ । पत्रकार सम्मेलनमा उपस्थित प्रत्यक्षदर्शीहरुले प्रिन्सिपल साफीले मानविय सम्वेदना गुमाएर बालक साहलाई पशु झैं निर्घात कुटपिट गरेको बताए ।
घटनापछि एउटा भिडले होलीक्रस बोर्डिङ्ग स्कुलमा तालाबन्दी समेत गरेको थियो । प्रहरीले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने आश्वासन दिएपछि सोमवार सो तालाबन्दी खोलाईएको थियो । घटनाको सत्यतथ्य छानविन गरी यथाशिघ्र प्रिन्सिपल साफीले आफ्नो विद्यालयका विद्यार्थीलाई कुटपिट गरेकाले आवेशमा ४÷५ थप्पड मात्र हिर्काएको स्वीकार गरेका छन् ।
प्रहरीले घटना वारेमा सत्यतथ्य छानविन भईरहेको र अनुसन्धानपछि दोषीमाथि कार्वाही गरिने जनाएको छ ।

Online Saptari
Online Saptari

About The Author