• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुख्यमन्त्री राउतले भने ‘प्रदेशको निर्णय अवज्ञा गर्नु बदमासी हो’

मुख्यमन्त्री राउतले भने ‘प्रदेशको निर्णय अवज्ञा गर्नु बदमासी हो’

राजविराज, ३ असार । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक विदा कार्यान्वयन नहुनु केन्द्रीय सरकारको विभेदकारी मानसिकताको उपज भएको बताएका छन् ।
‘न्यूज टुडे’सँग आइतवार संक्षिप्त कुराकानी गर्दै उनले मुस्लिम धर्मावलम्वीहरुको ईद पर्वको अवसरमा प्रदेश सरकारले विदा दिए पनि केन्द्रिय मानसिकताबाट ग्रसित सरकारी तथा गैरसरकारी निकायले पालना नगरेको उनले बताए । प्रदेश सरकारले सम्पूर्ण जातजाती, धर्म, सम्प्रदायको आस्थालाई श्रद्धापूर्वक सम्मान गर्दैआएको बताउँदै मुख्यमन्त्री राउतले भने ‘प्रदेश २ को मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो, निर्णयलाई कार्यान्वयन गरिदिने काम मातहतका निकायहरुको हो ।’
आफुहरु अहिले पनि संघर्षकै क्रममा रहेको भन्दै निर्णयहरुलाई कार्यान्वयन गराउन ठोस रणनीतिका साथ प्रदेश सरकार अगाडि उनले प्रतिवद्धता व्यक्त गरे । निर्णय अवज्ञालाई उनले बदमासीको संज्ञा दिँदै उनले प्रदेशमै रहेका निकायहरुले प्रदेशको निर्णय नमान्नु दुर्भाग्यपूर्ण भएको उनले प्रतिक्रिया दिए ।
विदा सम्वन्धी निर्णय भएकै दिन विहीबार नै मुख्यमन्त्री राउतले शुभकामना सन्देश सहित विदा दिएको कुरा आधिकारिक रुपमा सार्वजनिक गरेका थिए ।
प्रदेश सरकारले आइतवार सार्वजनिक विदा निर्णय गरे पनि सप्तरी सहित प्रदेश २ का जिल्लाहरुमा अदालत, सरकारी बैंक, निजी बैंक लगायतका कार्यालयहरु खुला रहेको थियो ।