• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

ईदको विदा कार्यान्वयन नहुनु केन्द्रिय मानसिकताको उपजः मन्त्री साह

ईदको विदा कार्यान्वयन नहुनु केन्द्रिय मानसिकताको उपजः मन्त्री साह

राजविराज, ३ असार । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मुस्लिम समुदायको ईद पर्वमा दिईएको सार्वजनिक विदा कार्यान्वयन नभएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।
सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । प्रदेश २ मा रहेका मुस्लिम समुदायको आस्था र भावनालाई कदर गर्दै प्रदेश सरकारले विदा निर्णय गरेको जानकारी दिँदै उनले भने ‘प्रदेश सरकारलाई यदी निर्णय गर्ने अधिकार छ भने कार्यान्वयन गर्ने अधिकार पनि छ ।’
सप्तरी सहित प्रदेश २ का जिल्लाहरुका न्यायिक निकाय, सरकारी तथा नीजि बैंकहरु समेत खुल्ला रहेकोप्रति उनले चिन्ता व्यक्त गर्दै आफुहरु यसलाई गम्भीरतापुर्वक लिएको उनले बताए । विगतमा समेत मुस्लिम समुदायको ईद पर्वमा राष्ट्रिय विदा पाउँदै आएको बताउँदै प्रदेश सरकारले त्यसलाई निरन्तरता दिएको प्रष्ट पार्दै भने ‘अहिले पनि केही सरकारी तथा गैरसरकारी निकायहरु केन्द्रिय मानसिकताबाट ग्रसित छन् ।’
देश संघीयतामा गईसकेको अवस्थामा पनि प्रदेशमै रहेका सरकारी तथा गैरसरकारी निकायले गरेको सार्वजनिक विदालाई सबै पक्षले कार्यान्वयन गरिदिनुपर्नेमा अवहेलना गरिनुले पनि आफुहरु रत्तिभर बिचलित नहुने बताए । मुस्लिम समुदायप्रति प्रदेश सरकारको सहानुभूती र सदायता रहेको भन्दै आगामी दिनमा यसलाई पालना गराएरै छाड्ने प्रतिवद्धता मन्त्री साहले व्यक्त गरे ।
प्रदेश सरकार आइतवार सार्वजनिक विदा निर्णय गरे पनि सप्तरी सहित प्रदेश २ का जिल्लाहरुमा अदालत, सरकारी बैंक, निजी बैंक लगायतका कार्यालयहरु खुला रहेको थियो ।