• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हत्याको आरोपमा पक्राउ परेका बाबु–छोरी सार्वजनिक

हत्याको आरोपमा पक्राउ परेका बाबु–छोरी सार्वजनिक

राजविराज, २ असार । कुटपीट गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका बाबु–छोरीलाई सप्तरी प्रहरीले शनिवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
राजविराज नगरपालिका–९ मलेठका ५२ वर्षीय रामदयाल साह र उनकै २३ वर्षीया छोरी अन्जनाकुमारी साहलाई सार्वजनिक गरेको हो । राजविराज–५ मा बस्दै आएका आफनै ज्वाई २८ वर्षीय दिपेन्द्र मण्डललाई गत मंगलवार राति रामदयाल र छोरी मिलेर कुटपीट गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका स्थित त्रिकोल निवासी दिपेन्द्रको हत्या गरी शव घरभन्दा करिब १ किलोमिटरको दुरीबाट बरामद भएको थियो । उनीहरुमाथि कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालले बताए ।
सोही पत्रकार सम्मेलनमा जबरजस्ती करणी तथा नागरिकता किर्ते अभियोगमा पक्राउ परेका दुई जनालाई समेत सार्वजनिक गरेको छ । किर्ते नागरिकता लिएको भारतको विहार राज्य मधेपुराका ४१ वर्षीय विनित देवलाई पक्राउ गरिएको छ ।
यसैगरी, जबरजस्ती करणीको आरोपमा राजविराज–१ का मोहम्मद सविरलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सबिरले शुक्रबार राजविराजकै एक १० वर्षीया बालिकालाई विभिन्न प्रलोभन दिई बलात्कार गरी फरार भएका थिए । खोजतलासका क्रममा उनलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रवक्ता डिएसपी रिमालले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका देवमाथि किर्ते शिर्षकमा मुद्दा दर्ता गरिएको छ भने सविरमाथि जबरजस्ती करणी शिर्षक मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको छ ।