• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अपराध र चोरी तस्करी नियन्त्रण गर्न प्रतिवद्ध छुः एसपी थापा

अपराध र चोरी तस्करी नियन्त्रण गर्न प्रतिवद्ध छुः एसपी थापा

राजविराज, २ असार । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खेम थापाले सिमाक्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनिकरणका साथै चोरी तस्करी नियन्त्रण गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् ।
गोरगामा स्थित सिमा सुरक्षा कार्यालयमा शनिवार विहान आयोजित पत्रकार भेंटघाट कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । जिल्लाको विभिन्न स्थानमा ६ ओटा सुरक्षा राखिएको जानकारी दिँदै चेकजाँच एवम् सुरक्षा गस्ती कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रहरी उपरीक्षक थापाले बताए ।
सिमा क्षेत्रमा चोरी तस्करी लगायत अवैध गतिविधिहरु हुन नदिन आफुहरु चनाखो रहने विश्वास व्यक्त गर्दै उनले भने ‘हामी कसैको आग्रह पूर्वाग्रहमा चल्दैनौं, नियम विपरित जाने जो कोहीलाई पनि छुट दिईदैन ।’ गत विगतमा देखिएका समान्य कमीकमजोरीलाई सुधार गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले आम जिल्लावासीलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा पत्रकारहरुबाट आएको सुझावहरुलाई आफुले गम्भीरतापूर्वक लिएको भन्दै कार्यान्वयनका लागि सशक्त रुपमा अगाडि बढ्ने प्रतिवद्धता प्रहरी उपरीक्षक थापाले व्यक्त गरे ।