अनुमति भन्दा बढी कक्षा सञ्चालन गरेको सूचना दिएको भन्दै धम्की

अनुमति भन्दा बढी कक्षा सञ्चालन गरेको सूचना दिएको भन्दै धम्की
Bwtech New Add With Software & Bull SMS

कञ्चनपुर, १ असार । कञ्चनरुप नगरपालिकामा अनुमतिभन्दा बढी कक्षा सञ्चालन गर्ने विद्यालयका सञ्चालकहरुले नगरपालिकाको शिक्षा शाखा प्रमुख दामोदर ठाकुर र कञ्चनरुप पत्रिकालाई सूचना दिएको भन्दै धम्की दिएका छन् ।
गत जेष्ठ २३ गते बुधवार दिन सर्वोदय उच्च माध्यमिक विद्यालय श्रोत केन्द्र कञ्चनपुरमा सामुदायिक विद्यालयहरुको प्रधानाध्यापक बैंठकमा निजी विघालयका सञ्चालक प्रकाश दासले श्रोत व्यक्ति ठाकुरलाई अशब्द प्रयोग गर्दैं धम्काएको थियो । सञ्चालक दासले कक्षा थप गर्न कति पैसा चाहिन्छ ? भन्दै के आधारमा पत्रिकामा सुचना दिएको भन्दै धम्काएको जनाईएको छ ।
गत जेष्ठ २७ आइतवार कञ्चनपुर प्रकाशित कञ्चनरुप साप्तहिकमा नगरभित्र कुन विद्यालयले कति कक्षाको अनुमति पाएको छ र कति कक्षा सञ्चालन गर्दैछ ? भन्ने विषयमा शिक्षा शाखा प्रमुख ठाकुरसँग सूचना लिएर समाचार प्रकाशित गरेको थियो ।
समाचार प्रकाशित भएपछि तनावमा आएका ती विद्यालय सञ्चालकहरुले शिक्षा शाखा प्रमुख ठाकुर सहित निजी विद्यालय सञ्चालन गर्ने केही सञ्चालकलाई समेत धम्काएको पत्रिकाका राजकुमार पासवानले जानकारी दिएका छन् । कक्षा १ अनुमति लिई कक्षा ९ सञ्चालन गर्दै आएका कञ्चनरुप न.पा.९ स्थित आर.डी.मेमोरियल स्कुलका संचालक प्रकाश दासले टेलिफोन गरेर आफुहरुलाई सूचना तपाईले कसरी दिनु भयो ? सूचना लिखितमा किन दिनुभएन भन्र्द धम्काएका थिए । सर्वोदय उच्च मा.वि.कञ्चनपुर स्रोत केन्द्रमा प्रधानाध्यापक बैठकमा समेत केही व्यक्तिहरुले ठाकुरलाई धम्काएका छन् ।
अनुमतिभन्दा बढी कक्षा संचालन गर्ने विद्यालयका सञ्चालकहरुले नगरप्रमुख वसन्तकुमार मिश्रलाई एकै पटक कक्षा आठसम्मको अनुमति दिन दवाव दिदैं आएका छन् । अनुमति भन्दा बढी कक्षा सञ्चालन गर्ने विद्यालय सञ्चालकहरुले विद्यार्थीहरुको घर घरमा गएर आप्mनो विद्यालयमा पढे सरकारी स्कूलको प्रमाण पत्र पाउने र त्यसले आगामी दिनमा छात्रवृत्ति र नोकरीमा समेत आरक्षण पाउने भन्दै प्रलोभन दिने गरिएको जनाईएको छ ।

Online Saptari
Online Saptari

About The Author