हत्याको आरोपमा ससुराली पक्षका तीन पक्राउ

हत्याको आरोपमा ससुराली पक्षका तीन पक्राउ
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३१ जेठ । ससुरासहित परिवारै मिलेर कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेका छन् ।
राजविराज नगरपालिका–९ मलेठका ४५ वर्षीय रामदयाल साहले आफनै ज्वाई २६ वर्षीय दिपेन्द्र मण्डललाई मंगलवार राती कुटपीट गरेका थिए । हनुमाननगर नगरपालिका स्थित गिदखोराका मण्डलको शव ससुराली घरभन्दा करिब १ किलोमिटर टाढा फेला परेको थियो ।
परिवारसहितको कुटपीटबाट मण्डलको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । पत्नी अञ्जना साहले छोरीको जन्मदिनको वहानामा बोलाई मण्डलको हत्या गरेको उनीहरुको आरोप छ । दुई वर्षअघि प्रेम विवाह गरेकी २२ वर्षिय अञ्चना मण्डलकी कान्छि श्रीमती हुन् ।
जेठी श्रीमति रेशमी मण्डलसँग बस्ने गरेकोले अन्जनाको परिवारले योजनावद्ध हत्या गरेको मृतककी काकी फुलोदेवी मण्डलले वताईन । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ससुरा रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह प्रहरी नियन्त्रणमा रहेको एसपी मुकेशकुमार सिंहले वताए ।

Online Saptari
Online Saptari

About The Author