• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागु औषध तथा बालहिंसा विरुद्ध सडक नाटक

राजविराज, २९ जेठ । लागु औषध दुव्र्यसनी विरुद्ध सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर–६ स्थित कठौना बजारमा मङ्गलवार जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।
शम्भुनाथ नगरपालिका कार्यालयको सहयोगमा जिल्ला सामाजिक परिवार सप्तरीद्वारा आयोजित जनचेतनामुलक सडक नाटकमा लागु औषध दुव्र्यसनीमा युवाहरु कसरी फँस्दै गएको, दुव्र्यसनीमा फँसेपछि भोग्नुपर्ने समस्या र यसले सामाजमा पारेको नाकारात्मक असर बारे कलात्मक रुपमा कलाकारहरुले नाटक प्रस्तुत गरेका छन् । आयोजक संस्थाका सचिव अशोक कुमार सदाको अध्यक्षता तथा शम्भुनाथ नगरपालिकाका उप–प्रमुख कविता कुमारी सरदारको प्रमुख आतिथ्यमा आयोजित उक्त सडक नाटकमा कलाकारहरु महेन्द्र मण्डल(वनवारी), भुपेन्द्र मण्डल, सरस्वती राउत, प्रिया राउत, निलम यादव, सरोज राम, अजय मण्डल, लक्ष्मी साह, बिबेक राम लगायतका कालाकारहरुले मैथिली भाषामा नाटक प्रस्तुत गरेका छन् ।
यसैगरी शम्भुनाथ नगरपालिकाको सहयोगमा जिल्ला सामाजिक परिवार सप्तरीको आयोजनामा शम्भुनाथ नगरपालिका–६ स्थित कठौना बजारमा बालहिंसा सम्बन्धी सडक नाटक समेत प्रस्तुत गरिएको जनाईएको छ ।