मुख्यमन्त्री राउतद्वारा खेलाडीहरुलाई बधाई एवम् स्वागत

मुख्यमन्त्री राउतद्वारा खेलाडीहरुलाई बधाई एवम् स्वागत
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, २९ जेठ । मुख्यमन्त्री लालबाबु राउतले तेस्रो अल नेपाल क्योकुशिन बुदोकाई कराँते च्याम्पियनसिप प्रतियोगितामा उत्कृष्ट गरेका खेलाडीहरुलाई बधाई एवम् स्वागत गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार बिहान एक कार्यक्रमका बीच मुख्यमन्त्री राउतले च्याम्पियन खेलाडीहरुलाई पुष्पमाला लगाएर बधाई ज्ञापन गरे । शनिबार सम्पन्न भएको प्रतियोगितामा प्रदेश–२ टिम च्याम्पियन भएको छ । उनले खेलाडीहरुले उत्कृष्ट गरेर प्रदेशको प्रतिष्ठा बढाएकोमा धन्यवाद ज्ञापन गरे । खेल विकासको लागि कोष स्थापना गर्न लागेको उनले जानकारी दिए ।
सो अवसरमा सामाजिक विकास मन्त्री नवल किशोर साहले च्याम्पियन टोलीलाई एक लाख एक हजार नगद सहयोगको घोषणा गरे । खेल विकासमा प्रदेश सरकार गम्भीर रहेको सामाजिक विकासमन्त्री साहले बताए । प्रदेश–२ ले ७ स्वर्ण पदक सहित कुल १९ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको छ ।
प्रदेश २ की रुपा माझी प्रतियोगिताको बेष्ट फाइटर भइन् । खेलाडी उत्पादनमा लागेका प्रशिक्षक र अफिसियलहरुलाई पनि मुख्यमन्त्री राउतले धन्यवाद ज्ञापन गरे । सो अवसरमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको उपस्थिति थियो ।

Online Saptari
Online Saptari

About The Author