निर्वाचनको मिति कानूनमै तोकेर व्यवस्थापन गर्नुपर्छः प्रमुख निर्वाचन आयुक्त

निर्वाचनको मिति कानूनमै तोकेर व्यवस्थापन गर्नुपर्छः प्रमुख निर्वाचन आयुक्त
Bwtech New Add With Software & Bull SMS

राजविराज, २८ जेठ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले निर्वाचनको मिति कानूनमै तोकेर व्यवस्थापन गर्नुपर्ने कुरा बताएका छन् ।
आयोगद्वारा सोमवार राजविराजमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राजनितिक दल, नागरिक समाज तथा निर्वाचनमा सरोकार राख्ने व्यक्तिहरुसँग निर्वाचन कानून सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त डा. यादवले निर्वाचनको तिथी मिति कानूनद्वारा नै पहिले स्पष्ट उल्लेख हुनुपर्नेमा जोड दिए । उनले भने– ‘जसरी नयाँ बजेट घोषणाको लागि संविधानमा उल्लेख छ, त्यसैगरी निर्वाचनको मिति पनि उल्लेख हुनु आवश्यक छ ।’
डा. यादवले विदेशमा रहेका नेपालीहरुको मतदान गर्न पाउने अधिकार सुरक्षित गर्न मतदाता नियमावली ऐनमा संशोधन आवश्यक रहेको बताउँदै राजनीतिक दलहरुले दलहरुलाई समावेशी बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । उनले भने–‘महिलालाई अहिले पनि दलहरुले ३३ प्रतिशत स्थान दिन सकेका छैनन्, यसको सुधारको आवश्यकता छ ।’
आगामी निर्वाचनलाई अहिले नै कसरी सुधार गर्नुपर्छ भन्ने विषयमा चिन्तन हुनसके स्वच्छ तथा निष्पक्ष निर्वाचनको लक्ष्य हासिल गर्न सहज हुने उनको सुझाव थियो । प्रमुख आयुक्त यादवले आयोगको मात्रको एकल प्रयासले स्वच्छ तथा सफल निर्वाचन हुनसक्छ भन्नुभन्दा पनि सवै पक्षले यसका लागि आ–आफ्नो ठाउँबाट सक्दो भुमिका खेल्नु उपयुक्त हुने बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा निर्वाचन आयोगका सह सचिव सुशील कोइराला, कानून अधिकृत अरुण कुमार झाले निर्वाचन सम्वन्धि वर्तमान कानून र निर्देशिका छलफलका लागि प्रस्तुत गरे ।

Online Saptari
Online Saptari

About The Author