के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

कारागारमा ईफ्तारका लागी खाद्यान्न सामग्री

कारागारमा ईफ्तारका  लागी  खाद्यान्न सामग्री
Bwtech New Add With Software & Bull SMS

राजविराज, २८ जेठ । मुस्लिम धर्मावलम्वीहरुको महान पर्व एक महिने रोजा को २७ औं दिन सामुहिक ईफ्तारका लागी एक व्यवसायीले राजविराज कारागारमा खाद्य सामग्री उपलब्ध गराएका छन् ।
राजविराज स्थित शमा चश्मा घरका प्रोप्राइटर शेरु खानले रोजा खोल्नका लागि मुरही, चिउरा, बदामको घुघनी, हलुवा, पकौडी, छोला लगायतका तयारी खानेकुरा उपलब्ध गराएका छन् । आफ्नै घरमा खानेकुरा तयार गरी कारागार पुगेर कैदीबन्दीहरुलाई उपलब्ध गराएका छन् ।
कारागारका प्रमुख सत्यनारायण यादव, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव समेतको रोहबरमा उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् । राजविराज कारागारमा २ महिला र ३८ पुरुष गरी ४० जना मुस्लिम समुदाय रहेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: