महुलीमा सञ्चार केन्द्र सञ्चालन

महुलीमा सञ्चार केन्द्र सञ्चालन
Bwtech New Add With Software & Bull SMS

बोधराज सुवेदी
महुली, २८ जेठ । सप्तरीको महुलीमा अत्याधुनिक प्रविधियुक्त ‘महुली बजार सामुदायिक सञ्चार केन्द्र’ सञ्चालन भएको छ ।
सोमवार महुलीमा आयोजित एक कार्यक्रमका बीच अग्नीसाइर कृष्णा सवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी र केन्द्रका अध्यक्ष रोशन कुमार मण्डरले उक्त सञ्चार केन्द्रको संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि चौधरीले महुलीमा खुलेको सञ्चार केन्द्रले वार्ड नम्वर ६ को मात्र नभई सिङ्गो गाउँपालिकाको समेत स्तरोन्नती गर्ने सवालमा महत्वपूर्ण सुचकांकको काम गर्ने बताए । उनले उक्त केन्द्रको वृहत्तर विकासकोलागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।
केन्द्रका अध्यक्ष रोशन कुमार मण्डरको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा वडा नम्वर ६ की अध्यक्ष कुसुम आचार्य, साबिक बकधुवा गाविसका पूर्व अध्यक्ष मोतिलाल चौधरी, महुली सामुदायिक लघुवित्त वित्तिय संस्थाका अध्यक्ष प्रभुनारायण चौधरी, दलित सेवा समाज संघर्ष समिति सप्तरीका संयोजक राजेन्द्र विश्वकर्मा लगायतले केन्द्रको सफलताकोलागि शुभकामना ब्यक्त गरे भने कार्यक्रमको सञ्चालन केन्द्रका सचिव गंगा प्रसाद रायले गरे ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ६ को कार्यालयसँगै रहेको उक्त केन्द्र नेपाल सरकार सूचना तथा सञ्चार मञ्त्रालयको सहयोगमा ४५ लाखको लागतमा निर्माण भएको हो ।

Online Saptari
Online Saptari

About The Author