मावि सितापुर भुर्कीमा आईरिस प्रविधिबाट पढाई शुरु

मावि सितापुर भुर्कीमा आईरिस प्रविधिबाट पढाई शुरु
Bwtech New Add With Software & Bull SMS

वृजमान तामाङ
विरेन्द्र वजार, २७ जेठ । सप्तरीको जनता माध्यमिक विद्यालय सितापुर, भुर्कीमा आइरिस प्रविधिको माध्यमबाट पढाउन शुरु गरिएको छ ।
विद्यालय स्तरमा जिल्लाकै पहिलो आइरिस प्रविधिको अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले आइतवार एक कार्यक्रमको बीच स्वीच थिचेर उद्घाटन गरेको हो । आइरिस प्रविधिको उद्घाटन गर्दै चौधरीले आधुनिक युगमा यस्ता खाले नयाँ प्रणालीद्धारा बालबालिका र शिक्षक, शिक्षिकालाई शिक्षण सिकाईको लागी उपयोगी हुने बताए ।
प्रविधिको विकाससँगै विद्यालयले नौलो प्रणालीवाट शिक्षण सिकाईको माध्यम अपनाएर पठन–पाठन शुरु गरेकोमा धन्यवाद दिदै प्रमुख अतिथी समेत रहेको चौधरीले भौतिक पुर्वधार र प्रविधिको सम्पन्नता साथै गुणस्तरीय शिक्षा समेत हुनुपर्नेमा जोड दिए । जनचाहाना अनुसार नयाँ—नयाँ प्रविधि लागू गरेर जिल्लाकै नमुना विद्यालयको पहिचान बनाउन सफलता हाँसिल गरेको प्रति खुशी व्यक्त गदै उनले विद्यालयको विकासका लागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अग्नीसाईर कृष्णा सवरन गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष पशुपती प्रसाद चौधरीले विद्यालयको स्तर उन्नतीको लागी वडावाट सधै सहयोग रहने बताए । विद्यालय व्यास्थापन समितीका अध्यक्ष अशोक कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला शिक्षा समवन्य ईकाई सप्तरीका श्रोत व्यक्ति शंकर प्रसाद यादव, विधालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष विशेश्वर प्रसाद चौधरी, पुर्व प्रधानाध्यापक सिताराम लाल दास, मावि कल्याणपुरका पुर्व प्रधानाध्यपक महाबीर प्रसाद चौधरी, शिक्षक अभित कुमार चौधरी लगायतकाले मन्तव्य व्यक्त गरे ।
विधालयका सह–प्रधानाध्यपक कुलानन्द चौधरीद्वारा सञ्चालित कार्यक्रममा प्रधानाध्यापक दुर्गानन्द चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै आईरिस प्रविधिको आवश्यकता र महत्वकोबारे प्रकाश पारे । धेरै विद्यालयहरुमा प्राजेक्टरको माध्यमले पढाए ता पनि आईरिस प्रविधि जिल्लामै पहिलो भएको उनले जानकारी दिए । मावि सितापुर भुर्कीमा नेपाली र अंग्रजी माध्यमवाट पढाई, कमप्यूटर कक्षाको व्यवस्था, विज्ञान प्रयोगशाला र आईरिस प्रविधिवाट पठान—पाठन हुने गरेको प्रधानाध्यपक चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले विधालयद्धारा प्रदान गरिदै आएको कमप्यूटर विज्ञान प्रयोगशाला लगायतका भौतिक पुर्वाधारहरुको समेत अनुगमन गरे ।

Online Saptari
Online Saptari

About The Author