उपभोक्ता समितिको लापर्वाहीले आवत–जावतमा समस्या

उपभोक्ता समितिको लापर्वाहीले आवत–जावतमा समस्या
Bwtech New Add With Software & Bull SMS

रामनाथ यादव
राजविराज, २७ जेठ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–४ मा पक्की सडक र नाला निर्माण कार्य शुरु भएको एक हप्ता बित्न लाग्दा पनि ठेकेदारको लापरवाहीका कारणले यात्रु लगायत स्थानियहरुको आवत–जावत गर्न समस्या रहेको स्थानियहरुले आरोप लगाएका छन् ।
सडक र नाला बनाउनका लागी पुरानो नालाको फोहोर निकालेर बिच सडकमा थुपारिदिएका कारण सर्वसाधारणलाई आवागमनमा सास्ती हुनुका साथै आसपासका बासिन्दालाई दुर्गन्धको समेत सामना गरिरहनु परिरहेको छ । नालाबाट निकालेको फोहोर, हिलो, लेदो सबै सडकमा थुपारिएको छ । ‘स्थानिय मनोज कुमार चौरसियाले भने ‘घरमा बस्दा पनि दुर्गन्धले बसि नसक्नु छ’ । यस्तै गुनासो सोही ठाउँकी हिरा देवी मण्डलको पनि रहेको छ ।
उनले भनिन् ‘हामीले यसरी दुर्गन्धमा बसेर हिडडुलमा पनि समस्या कहिले सम्म व्यहोर्नू ?’ छेउबाट बनाउनु पर्ने नाला सडक मिचेर बनाउन थालेपछि दुर्घटनाको खतरा समेत बढेको स्थानियको भनाई छ । उनीहरुले कामको विवरण खुलस्त हुने गरी फ्ल्यास बोर्ड पनि नलगाइएको बताए । यस बारेमा उपभोक्ता समितिलाई भन्दा पनि आजभोली भन्दै दुई हप्तादेखि आलटाल गरेको उनको गुनासो छ ।
जेसीबि बिग्रीएका र नाला निमार्ण कार्यमा देखिएको कमी कमजोरी सच्याउने वडा नम्वर–४ का वडा अध्यक्ष अख्तर अन्सारीले बताए । कुल ५ लाखको लागतमा निर्माण हुन लागेको उक्त सडकको नालाको लम्बाई ६३ मिटर र चौडाई १२ फिट रहेको उनले जानकारी दिए ।

Online Saptari
Online Saptari

About The Author