Top_Header_Right_Add

मधेशको नाममा जय भारत बनाउन खोजियोः मण्डल

मधेशको नाममा जय भारत बनाउन खोजियोः मण्डल

वृजमान तामाङ
बिरेन्द्र बजार, २३ जेठ । नेपाल कम्यूनिष्ट पार्टी प्रदेश नम्वर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले वर्तमान सरकारले मधेशको नाममा जय भारत बनाउन खोजिएको बताएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ६ स्थित मदर्सा ईस्लामियाँमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले मोदी भ्रमणको बेला प्रदेश सरकारको मुख्य मन्त्रीले गरेको आपत्तिजनक सम्वोधन र त्यसपछि भारतीय विदेश मंत्री सुष्मा स्वराजको आएको अभिव्यक्तिको खण्डन सरकारले गर्नुपर्नेमा समेत जोड दिए । सरकारले सय दिनसम्मको अवधिमा आफ्नो दलसँग कुनै प्रकारको सल्लाह र छलफल नगरेको आरोप लगाउँदै मण्डलले मोदी भ्रमणको नाममा सरकारले भष्ट्राचार गरेकाले पनि समर्थन फिर्ता लिएको दावी गरे ।
आफू मुख्य मन्त्री बन्न आतुर नभएको भन्दै मण्डलले बजेट अधिवेशनसम्म आफ्नो दल सरकार गिराउने र बनाउने खेलमा नलाग्ने समेत प्रष्ट पारे । उनले भने ‘अहिले सरकार गिराउने र वनाउने खेलमा लागिए प्रदेशको वजेट प्रभावित हुनेछ ।’
प्रदेश नम्वर २ मा चौथो दलको रुपमा रहेको नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको हैसियत प्रदान गरेर सभामुखले बदमासी गरेको आरोप समेत लगाउँदै उनले भने ‘हामीले सरकारलाई समर्थन दिए पनि प्रतिपक्षमै बस्ने भनेका थियौं तर चौथो दल नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी बनाएर सभामुखले हाम्रो मानमर्दन ग¥यौं । सभामुख राजपाको रहेको र राजपा पारी पट्टीवाट चल्नुका साथै उदण्ड र अराजक कुरा गर्ने गरेको आरोप समेत उनले लगाए ।
केन्द्र सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादवलाई उप–प्रधान मन्त्री पद दिएर मधेश र मधेशीको आफ्नो दलले सम्मान गरेको चर्चा गर्दै मण्डलले भने ‘प्रदेश नम्वर २ को सरकारमाको नेतृत्व आफ्नो दललाई दिनुपर्ने जिम्मेवारी केन्द्रिमा हामीसँग दोस्ती गर्ने यादवको काँधमा गएको छ ।’ मुस्लिम धर्मालम्वीहरुको आउन लागेको ईद पर्वको अवसरमा गरिव, अनाथ, असहाय, एकल महिला र विभिन्न मदर्साका मौलानाहरुलाई लताकपडा समेत मण्डलले वितरण गरे । विरगञ्ज स्थीत नेशनल मेडिकल कलेजका एमडी वसरुद्दिन अन्सारीको अगुवाईमा २ सय जनालाई लताकपडा वितरण गरिएको मर्दसाका अध्यक्ष कलिम मियाँले जानकारी दिए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer