• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दलित अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्धः मुख्यमन्त्री राउत

दलित अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्धः मुख्यमन्त्री राउत

जनकपुरधाम, २३ जेठ । मुख्यमन्त्री लालबाबु राउतले दलितहरुको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
राष्ट्रिय दलित नेटवर्क र दलित जनकल्याण युवा क्लबले बुधवार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय पहिलो दलित संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दलितहरुको समृद्धि विना प्रदेशको समृद्धि सम्भव नरहेको बताए । हातमा हातमा बाँधेर अधिकार पाउन नसक्ने बताउँदै मुख्यमन्त्री राउतले आफ्नो अधिकारको लागि हाथ उठाएर अघि बढ्न दलित अगुवाहरु आग्रह समेत गरे । सदियौदेखि दलितमाथि हुँदै आएको विभेद अझैं कायमै रहेको उल्लेख गर्दै उनले प्रदेश सरकार प्रदेशलाई छुवाछुत र विभेद मुक्त बनाउन प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा दलित अगुवा युक्तिलाल मरिकलाई बलदेव दास मानव मर्यादा पुरस्कारले सम्मानित समेत गरिएको छ । विनोद कुमार विसुन्केको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सुनिता राम, सुन्दर विश्वकर्मा सहित प्रदेशभरिका दलित अगुवाहरुको उपस्थिति थियो ।
कार्यक्रममा प्राध्यापक डा. महादेव साहले दलितहरुको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरे ।