• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी

रामसेवक यादव
भारदह, २१ जेठ । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर १ त्रिकौलमा वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
तिरहुत गाउँपालिका अन्तर्गत वडा नम्बर १ का वडा अध्यक्ष शिवनारायण महतोको कार्यकक्षमा वडा नम्वर १ का जनता, महिला–पुरुष लगायत नेपाल कम्युनिष्ट पार्टी सहित अन्य साना दलका प्रतिनीधिहरुले तालाबन्दी गरेका हुन् । वडा अध्यक्ष एवं वडा सदस्यहरु समेतले जनता समक्ष वाचा गरे अनुसार कामको प्रगति विवरण जनता समक्ष पेश नगरेको भन्दै उनीहरुले संयुक्त रुपमा तालाबन्दी गरेका छन् ।
अपराह्न १२ बजेसम्म प्रतिक्षा गर्दा पनि वडा १ बजेसम्म उपस्थित नभएकोले भन्दै आफुहरुले तालाबन्दी गरेको बताएका छन् । प्रमुख समस्या बाढीपीडितको राहत, जनताको दैनिक कामकाज, सिफारिस, निवेदन वडा अध्यक्षले आफू जितेको दलका कार्यकर्तालाई सम्पूर्ण कार्य गर्ने तर अन्य दलकालाई उपेक्षा गर्ने गरेको आरोप स्थानीयको रहेको छ ।