• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

नेपाली जनताको योगदान भारतले कदापि भुल्ने छैनः राजदूत पुरी

नेपाली जनताको योगदान भारतले कदापि भुल्ने छैनः राजदूत पुरी

राजविराज, १२ जेठ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले भारतीय स्वतन्त्रता आन्दोलनमा नेपाली जनताले पु¥याएको योगदान चीरकालसम्म अविस्मरणीय रहने बताएका छन् ।
जेपी लोहीया रामेश्वर मेमोरियल ट्रष्टले शनिवार सप्तरीको राजविराजमा आयोजना गरेको ‘नेपालको प्रजातान्त्रिक संघर्षमा लोकनायक जयप्रकाशको देन विषयक विचार गोष्ठी’मा बोल्दै उनले यस्तो प्रसंशा गरेका हुन् । हनुमाननगर जेल ब्रेक काण्डको ७५ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राजदुत पुरीले स्वतन्त्रता आन्दोलनमा भारतीय जनताले पाएको सहयोग स्वर्णिम अक्षरमा लेखिएको बताउँदै राजदूत पुरीले भने ‘काँध र साथको आवश्यकता रहेको बेला नेपाली जनताले गरेको सहयोग भारतले कदापि भुल्ने छैन, चीरकालसम्म अविस्मरणीय रहन्छ ।’
नेपाली जनताको हित र दुई राष्ट्रबीच व्यापारिक, पारिवारीक र कुटनीतिक सम्वन्ध थप मजवुत पार्न भारत सरकार गम्भिर रहेको उनले बताए । सदियौंदेखिको बेटीरोटी र रगतको नातालाई आगामी दिनहरुमा थप प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै उनले भने ‘मित्रवत सम्वन्धलाई ध्यानमा राखेर भारत सरकारले गङ्गा लगायतका महानदीहरु हुँदै नेपालको सप्तकोशी नदीसँग जलमार्ग विस्तार गर्ने योजनाबारे अध्ययन गरिरहेको छ, चाँडै यसको प्रतिफल हेर्न पाउनुहुनेछ, जलमार्गबाट ढुवानी खर्च समेत घट्छ ।’
जलमार्ग विस्तार भएपछि यसलाई कार्गोको रुपमा स्थापित गर्दै नेपाल–भारतको पारिवारिक र व्यापारिक सम्वन्ध थप सुद्धिढ हुने गरि दुवैदेशका जनतालाई विकासको प्रत्याभुति दिलाउने भारतीय राजदूत पुरीले विश्वास व्यक्त गरे । बिराटनगर, जयनगर र जनकपुर रेलवे लाइनसँग जोड्ने काम भइरहेको जानकारी दिँदै उनले नेपालमा रेल बिस्तार कार्यलाई भारत सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, राजपाका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमन, पूर्वमन्त्री मिथिला चौधरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, पत्रकार चन्द्रकिशोर, नेविसंघका पूर्व सभापति देवेन्द्र नेपाली लगायतले हनुमानगर जेल ब्रेक काण्डको स्मरण गर्दै उक्त ऐतिहासिक घटनाले दुबै देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाएको बताए । साथै उनीहरुले वर्तमान परिवेशमा नेपाल–भारत सम्बन्ध दुबै मुलुकको विकास, समृद्धि तथा सुरक्षाको आधारमा अगाडी बढ्नु पर्ने सुझाव समेत दिएका थिए ।
कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, पूर्वमन्त्री मिथिला चौधरी, मधेश विषयका विष्लेशक चन्द्रकिशोर झा, प्रदेश सभा सदस्य समेत रहेका राष्ट्रिय जनता पार्टीका महासचिव मनिष कुमार सुमन, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव लगायतले नेपाल–भारत सम्वन्धबारे चर्चा गरे । वक्ताहरुले सप्तरीका कृषि विश्व विद्यालय स्थापना, मेडिकल कलेज, सीमा क्षेत्र कुनौलीसम्म रेलवे हेड निर्माण, खाँडो नदी नियन्त्रण, दूतावासको सहयोगमा सञ्चालित अधुरा योजनाहरु पुरा गर्नुपर्ने लगायतका विषयमा राजदुत पुरीको ध्यानाकर्षण गराएका छन् ।
सोही अवसरमा राजदुत पुरीलाई राजविराज नगरपालिका, जिल्ला समन्वय समिति तथा नेपाल भारत मैत्री युवासंघद्वारा दोसल्ला र अभिनन्दन पत्रबाट सम्मान गरिएको छ । कार्यक्रममा हनुमाननगर जेल ब्रेक काण्डका सहिद परिवारलाई राजदुत पुरीले सम्मान गरेका छन् ।
ट्रष्टका अध्यक्ष वरिष्ठ अधिवक्ता हिम्मत सिंहले सञ्चालन गरेको जेल बे्रक काण्डका नेतृत्वकर्ता कृष्णवीर कामीका नाती अर्जुन विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।
यसैगरी राजदूत पुरी हनुमाननगर पुगेर जेल ब्रेक काण्डबारे जानकारी लिएका छन् । उनलाई समाजिक विकास मन्त्री नवलकिशोर साह, नगरपालिकाका मेयर शैलेश कुमार साह, नेपाल भारत मैत्री युवा संघका अध्यक्ष किशोर कुमार यादव लगायतले स्वागत एवम् सम्मान गरेका छन् ।