• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेशनल मेडिकल कलेजमा एन्जियोग्राफी मेसिन

नेशनल मेडिकल कलेजमा एन्जियोग्राफी मेसिन

नेहाल खान
वीरगंज, १२ जेष्ठ । नेशनल मेडिकल कलेज विरगञ्जमा ४८ करोड रुपैयाँको लागतमा मुटु सम्बन्धी सबै उपचार गर्ने एन्जियोग्राफी मेसिन जडान गरिएको छ ।
नेशनल मेडिकल कलेज विरगञ्जले प्रथम पटक प्रदेश नं.२ मा मुटु सम्बन्धि रोगको अत्याधुनिक मेसिनहरु जडान गरि मुटुमा लाग्ने विभिन्न रोगहरुको उपचार गर्ने कार्य प्रारम्भ भएको छ । सञ्चालनमा रहेको मुटु सम्बन्धि विशेष यन्त्र (क्याथ ल्याब) मशिन मार्फत एन्जियोग्राफी, एन्जियोप्लास्टिः स्टेन्ट जडानको व्यवस्था भएको छ ।
नेशनल मेडिकल कलेज विरगञ्जले हृदय रोग सम्बन्धि सम्पूर्ण उपचार गर्नुका साथै मुटुभित्र रहेको सेल सञ्चालन न भएमा शल्यक्रिया गरि बैट्री परमानेन्ट पेशमेकर हालेर मुटुलाई पुनः परिचालन गर्न सकिने व्यवस्था समेत रहेको नेशनल मेडिकल कलेज का एम.डी. बसरुद्दीन अन्सारीले बताए । नेशनल मेडिकल कलेजमा क्याथ ल्याबद्वारा पहिलो पटक पोटियाही, रौतहटका फतिमा खातुनको सफल एन्जियोग्राफी यस कलेजका कार्डियोलोजिष्टहरुद्वारा गरिएको जानकारी दिए । कलेजका पेडियाट्रीक सर्जनद्वारा यस भेगमा नहुने अप्रेशन पहिलो पटक जन्मेका तीन दिने बालिकालाई शल्यक्रिया गरि सफल उपचार गरिएको छ ।
भारत बिहारको पूर्वी चम्पारण, जिल्ला मोतिहारी, गाउँ सिन्हास्नी वडा नम्वर ११ का नितेश प्रसादकी रेखा देवीले जन्म दिएकी तीन दिने बालिकाको खाने नली र साँस लिने नलीमा समस्या देखिएपछि उपचारका क्रममा शिशुलाई हेर्दा खाने नली र साँस लिने नली एउटै स्थानमा जोडिएको हुनाले शिशुलाई दुध पिउने समेत समस्या देखिएको थियो ।