मैथिली कथानक चलचित्र ‘औकात’ सेन्सर पास

मैथिली कथानक चलचित्र ‘औकात’ सेन्सर पास
Bwtech New Add With Software & Bull SMS

काठमाडौं, जेठ ४ गते । शम्भुनाथ सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण भएको मैथिली कथानक एक्सन फिल्म औकात (ताकत प्रेमके) को सेन्सर पास भएको छ ।
केन्द्रीय चलचित्र जाँच समितिको बैठकले शुक्रवार उक्त फिल्मलाई पास गरेको हो । राजदेव चौधरी (राजु)को निर्देशनमा निर्मित उक्त फिल्म दर्शकहरुको मन जित्नेमा निर्माण टिमको विश्वास छ । २ घण्टा २४ मिनेट अवधिको सो फिल्म दर्शकहरुले हेरेर कलाकारहरुको हौसला बढाई दिन हुन चलचित्रका निर्माणकर्ता सबुरलाल सरदारले अपिल गरेका छन् । निर्माता मालिक पण्डित र राजकुमारी सरदार रहेको उक्त फिल्ममा धनराज चौधरी, मोनिका दाहाल, कौशल (लिजा चौधरी), सबुरलाल सरदार, डि.पी. शास्त्री, भूपेन्द्र कुमार मण्डल, मालिक पण्डित, साबिर आलम, विशे चौधरी, रुपेश ठाकुर, विवेक विक लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ ।
सामाजिक एवम् समसामयिक कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको ‘औकात’मा कथा, पटकथा एवम् सम्वाद डि.पी. शास्त्रीको रहेको छ । निक्कै मेहनत गरेर निर्माण गरिएको उक्त फिल्ममको सह–निर्मातामा मो. अन्सारुल क्यामरामा यज्ञ पराजुली, द्वन्द्व श्री श्रेष्ठ, मेकअपमा रमेश माझीले साथ दिएका छन् ।
औकातको विशेष आकर्षणको रुपमा गीतहरु समेत रहेको छ । फिल्ममा नै गे बहिना कोना क कटलौ राईत गे, स्वर्गस’ सुन्दर, दिलके बात दिलस’ एक राइत दू चान्द, दिलके दरद, चढल जवानी लगायतका गीतहरु समावेश गरिएको छ । गीतहरुमा भागवत मण्डल, अन्जु यादव, सन्नु कुमार, मुनचुन, सोनी लगायतका गायक गायिकाहरुको स्वर रहेको छ ।
गीत रचना राजु चौधरी र सन्नु कुमार, सङ्गीत रोहित प्रमोद, सह–निर्मातामा मो. अन्सारुल, नृत्य निर्देशन दर्पी सरदार ‘मुस्कान’ र आर.के. पाण्डेको रहेको छ । विशेष शो पश्चात चाँडै फिल्म हलहरुमा प्रदर्शनमा ल्याईने सह–नायक सबुरलाल सरदारले जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author