मेयर कपको उपाधी इटहरीको कब्जामा

मेयर कपको उपाधी इटहरीको कब्जामा
Bwtech New Add With Software & Bull SMS

शिवप्रसाद आचार्य
फत्तेपुर, ४ जेठ । सप्तरीको सप्तकोसी नगरपालिका अन्तर्गत फत्तेपुरमा सञ्चालित प्रथम मेयर कप फुटबल प्रतियोगिताको शुक्रबार फाइनल खेलमा गाइघाट फुटबल क्लबलाई ४–३ को अन्तरले हराउँदै राष्ट्रिय जागृती क्लब इटहरी सुनसरीले उपाधी कब्जा गरेको छ ।
निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेलको छिनोफानो टाइवेकरबाट गरिएको थियो । सप्तकोसी नगरपालिका र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको संयुक्त आयोजनामा अन्तर नगरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा उदयपुर, सप्तरी, सिराहा, धनुषा, मोरङ र सुनसरी गरि आठ वटा टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताका बिजेता तथा उप–बिजेता टिमलाई क्रमशः नगद रु एक लाख, पचास हजार शिल्ड प्रमाणपत्र र मेडल वितरण गरियो । आयोजक न्यू त्रियुगा स्पोर्ट्स क्लबका अध्यक्ष अमर खबासले जानकारी दिए । गत बैशाख २७ गते देखि सञ्चालित प्रतियोगिता ७ दिनसम्म सञ्चालन भएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी इटहरीका समीर राई र म्यान अफ दि म्याच गाइघाट फुटबल क्लबका निश्चित तामाङ, उत्कृष्ट गोलकिपर इटहरीका बिष्णु चौधरी बेस्ट डिफेन्स आयोजक क्लबका बुचु माझी घोषित भए ।

Online Saptari

About The Author

%d bloggers like this: