• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

घरबास जमानी राखेर जेलमुक्त गराउने साहको निधनले स्तब्ध छुः गोइत

घरबास जमानी राखेर जेलमुक्त गराउने साहको निधनले स्तब्ध छुः गोइत

राजविराज, ३ जेठ । सप्तरी जिल्ला टेंगरी गाउँका नारायण साहको असामयिक निधनको खबरले आफु स्तब्ध भएको भन्दै जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले प्रेस विज्ञप्ति मार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।
गोइतले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै राजनीति र सामाजिक जीवन बिताएका साहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । ‘सामाजिक सञ्जालमा साहको निधनबारे खबर पढेर स्तब्ध मात्र बनाएन आँसु नै आँसु बगिए उहाँको सम्झनामा’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘परिवर्तनकारी आन्दोलनको धरोहर, शिक्षक आन्दोलनको योद्धा, सामाजिक आन्दोनको अगूवा नारायण साहको निधनले समकालीन पुस्ताका जुझारु व्यक्तित्वको स्थान रिक्त हुन गएको छ ।’
सरल स्वभावका मृदुभाषी नैतिकवान नेताको निधनले परिवार, समाज र राजनीतिक वृतमा अपूरणीय क्षति भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । निरंकुश निर्दलीय पञ्चायतकालमा आफु एउटै प्रतिबन्धित कम्युनिष्ट पार्टीमा आबद्ध रहेको स्मरण गर्दै पञ्चायती शासनमा आधारभूत हक अधिकारबाट पनि बंचित सिंगो शिक्षक समुदायको साझा नेपाल राष्ट्रिय शिक्षक संगठनमा संगठीत भई सक्रिय अगूवा भूमिका निर्वाह गरेको अध्यक्ष गोइतद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।
‘एउटा कत्र्तव्यप्रायण अभिभावकको हैसियतले मैले पनि शिक्षक समुदायको माँगलाई प्रेस–वक्तव्यद्वारा जायज ठहराउँदै पञ्चायती सरकारलाई पूरा गर्न आग्रह गरे’ प्रेषित विज्ञप्तिमा भनिएको छ ‘सरकारले ममाथि वाक तथा प्रकाशन ऐन अन्तर्गत मुद्दा दायर गरियो ।’ तत्कालीन अञ्चल अदालतले ६ महिना कैद र ६ हजार जुर्वानाको लागि धनजवानी माँग गरेको उनीद्वारा विज्ञप्तिमा जनाइएको छ ।
शिक्षक नेता साहले आफ्नो नाममा रहेको डिहबासको जग्गा धनजवानी राखेर आफुलाई कारागार जानबाट जोगाएको गोइतले विज्ञप्तिमा लेखेका छन् । कटिवद्धता र इमान्दारिताले स्व. साहलाई सफल संगठक र अविश्रान्त योद्धाको रुपमा परिचित गराएको भन्दै प्रेस विज्ञप्तिमा भनिएको छ ‘जनमानसमा देखा पर्ने उहाँको प्रखर र प्रभावशाली व्यक्तित्व, त्यसभित्र तर्कक्षमता, नीड्डरपन र स्वभिमानीपन झलकिन्थ्यो, उहाँ प्रजातन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको लागि अहंम भूमिका निर्वाह गर्नुभयो ।’
गणतान्त्रिक नेपालका शासकद्वारा उनका निर्दोष छोरा आनन्द कुमार साहको गोली हानी हत्या गरेको प्रसङ्ग समेत विज्ञप्तिमा उद्धृत गरिएको छ । जीवनको पछिलो कालखण्डमा रोग र पुत्रशोकले मृत्युवरण गर्नु परे पनि जनमुक्तिको लागि आपूmलाई इमान्दार, परिश्रम, कर्तव्यनिष्ठ तथा प्रगतिशील नेताको रुपमा रुपान्तरित गरेको भन्दै पाषण हृदयले अनुज साहप्रति अध्यक्ष गोइतले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गरेको छ ।