• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

उपराष्ट्रपति चिल्ड्रेन्सका लागि खेलाडी चयन

उपराष्ट्रपति चिल्ड्रेन्सका लागि खेलाडी चयन

राजविराज, २ जेठ । प्रथम उपराष्ट्रपति चिल्डे«न्स छनौट खेल बुधवार राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
सप्तरी जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित छनौट प्रतियोगितामा जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा एथलेटिक्सतर्फ सय मिटर, दुई सय मिटर, शटपुट, जम्प, कराँते, उस्सु तर्फको खेलमा छात्रछात्राहरुको छनौट गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एजेट न्यासुर लामाको अध्यक्षता तथा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा छनौट प्रतियोगिता आयोजिना गरिएको थियो । उक्त अवसरमा नेपाल शिक्षक महासंघका उप–महासचिव प्रशुराम यादव, स्थानीय शान्ति समितिका संयोजक निरञ्जन झा, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धीरेन्द्र कुमार बर्मा, नेकपा एमालेका युवा नेता अखिलेश झा लगायतको उपस्थिति थियो ।
प्रतियोगितामा छनौट भएकाहरु आगामी जेठ ८ गते हुन लागेको प्रदेश स्तरीय प्रतियोगिता सहभागी हुनेछन् ।