Top_Header_Right_Add
Crona Awareness

अन्ठाउन्न करोड फेसबुक अकाउन्ट बन्द

अन्ठाउन्न करोड फेसबुक अकाउन्ट बन्द

राजविराज । सामाजिक सञ्जाल वेबसाइट फेसबुकले पछिल्लो तीन महीनामा ५८ करोड ३ लाख भन्दा बढी फर्जी एकाउण्ट बन्द गरेको छ ।
अश्लिलतासँग सम्वन्धित तथा सामाजिक एवम् मानवियता विरोधी फेसबुक एकाण्ट बन्द गरेको हो । सामाजिक सञ्जालमा रहेका यस्ता अकाउन्ट बन्द गर्न फेसबुक टिमले लामो समयदेखि गृहकार्य गर्दैआएका थिए । आफ्नो व्यवसायलाई पारदर्शी एवम् प्रभावकारी बनाउनका लागि समेत यस्ता अकाउण्ट बन्द गरिएको छ ।
यो विषयमा फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो एक पोस्ट सार्वजनिक गरेका छन् । फेसबुकले भनेको ‘आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गर्दै टेक्नोलोजीको सहयोगमा ग्राफिक वा ‘इलेन्स भएको पोस्ट समेत डिलिट गरिएको छ । फेसबुक कन्टेन्टको पहचान गर्दै तथा फेसबुक प्रयोगकर्ताद्वारा दिईएको फिडब्याकको आधारमा फेसबुकले यस्तो कार्य गर्न सफल भएको ‘अमर उजाला’मा उल्लेख छ ।
फेसबुक प्रयोगकर्ताहरुले नग्न, अर्धनग्न एवम् सेक्सुअल गतिविधिसँग सम्वन्धित तस्विर, भिडियो एवम् पोष्टप्रति चिन्ता व्यक्त गरेका थिए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।