• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मेयर कपका लागि गाईघाट र इटहरी भिड्ने

शिव प्रसाद आचार्य
फत्तेपुर, १ जेठ । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा सञ्चालित प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलबार सम्पन्न सेमिफाइनल खेलमा चौदण्डी नगरपालिकालाई २–१ को अन्तरले हराउँदै गाईघाट ११ उदयपुर फाइनल मा प्रवेश गरेको छ ।
वैशाख २७ गते देखि शुरु भएको प्रथम मेयर कप फुटबल प्रतियोगिता मा सोमबार भएको खेलमा इटहरी सुनसरी ले लहान ११ लाई ३–२ को अन्तर ले हराउँदै फाइनलमा प्रवेश गरेको छ । सप्तकोसी नगरपालिका र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको संयुक्त आयोजनामा अन्तर नगरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा उदयपुर, सप्तरी, सिराहा, धनुषा, मोरङ र सुनसरी गरि आठ वटा टिमहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः नगद रु एक लाख, पचास हजार शिल्ड प्रमाणपत्र र मेडल वितरण गरिने आयोजक न्यू त्रियुगा स्पोर्ट्स क्लबका अध्यक्ष अमर खबासले जानकारी दिए । बैशाख २७ गते देखि सञ्चालित प्रतियोगिताको फाइनल खेल जेठ ३ गते हुने जनाईएको छ ।