Top_Header_Right_Add

मुख्यमन्त्री राउतले भने ‘मधेशीप्रति अझैं विभेद कायमै छ’ (विस्तृत सम्बोधन)

मुख्यमन्त्री राउतले भने ‘मधेशीप्रति अझैं विभेद कायमै छ’ (विस्तृत सम्बोधन)

राजविराज, २८ वैशाख । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले राज्यद्वारा मधेशीप्रति जारी विभेदकारी निती र पूर्वाग्रह एवम् विद्वेशपूर्ण मानसिकताका कारण मधेश पछाडि परेको बताएका छन् ।
धनुषाधाम स्थित जनकपुरको बाह्र बिघामा शुक्रवार आयोजित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन एवम् सम्वोधन समारोहमा सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराउँदै उनले मधेशका जनता तुलनात्मक रुपमा अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शोषित एवम् उत्पीडित जिवन जिउन विवश रहेको बताए ।
मधेश विकासको मामिलामा पछाडि रहेको बताउँदै मुख्यमन्त्री राउतले भने ‘हाम्रो संघर्ष आज पनि विभेदकारी संविधान विरुद्ध र प्रादेशिक अधिकारकालागि जारी छ, हामी नेपालको अभिन्न अङ्ग हौं, हामी चाहन्छौ कि हाम्रो देशमा पनि बिना भेदभावपूर्ण कुनै पनि जाती, वर्ग र समुदायका व्यक्ति राज्यको हरेक तह, तप्का र निकायमा क्षमता र योग्यताका आधारमा सहज पहुँचको अवसर छैन, जसरी तपाई भारतको समान्य परिवारको भए पनि भारतको सर्वोच्च पदमा विराजमान रहनुभएको छ ।’
मुख्य मन्त्री राउतले प्रदेश २ आर्थिक रुपमा अत्यन्त पछाडि रहेकोले कृषि क्षेत्रमा हरित क्रान्तिको माध्यमले परिवर्तन ल्याउन चाहेको बताए । यही प्रदेश भएर कोसी, कमला, बाग्मती, रातो बिगही, खाँडो र बलान प्रमुख नदीहरु रहे पनि ती नदीहरुको पानीको उचित व्यवस्था हुन नसक्दा वर्षायाममा दुवै देशका जनता बाढी र सुख्खा जस्ता समस्याको सामना गर्नुपरेको बताउँदै मुख्यमन्त्री राउतले भने ‘यसबाट प्रदेश २ मात्र नभई भारत बिहारको विभिन्न भूभागमा जनधनको क्षति हुने गरेकोले ठोस एवम् दिर्घकालीन समाधान हुनुपर्दछ ।’
सिंचाईका लागि सुनकोसी कमला डाइभर्सन, चुरिया संरक्षण एवम् नदी नियन्त्रण हुनुपर्नेमा उनले जोड दिए । मिथिला नगरी जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकसित गर्दै भारत र प्रदेश २ बीच आर्थिक विकासका साझेदार बनाउन चाहेको मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराए । फाइल तस्विर

 

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer