• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रदेश २ लाई एक सय करोड सहयोग

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रदेश २ लाई एक सय करोड सहयोग

जनकपुर, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरसहित आसपास क्षेत्रको विकास गर्न भारतीय रुपैयाँ एक सय करोड सहयोग गर्ने घोषणा गरेका छन् ।
धनुषाको जनकपुर स्थित बाह्र बिघामा शुक्रवार आयोजित नागरिक अभिनन्दन एवम् सम्वोधन कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । घोषणा गरिएको सहयोग रकम सदुपयोग गर्न संघीय सरकार र प्रदेश सरकारलाई मिलेर योजना बनाउन समेत उनले आग्रह गरे । विकास र समृद्धिकालागि कनेक्टिभिटीमा जोड दिदै उनले भने ‘हाइवे, ईन्फर्मेसन, बिजली, रेल वे, कस्टम, चेकपोष्ट र हवाईसँग समेत कनेक्टिभिटी बढाउनुपर्छ ।’
नेपाल र भारत दुईटा देश भए पनि जनता बीचको सम्वन्धमा भिन्नता नरहेको भन्दै बिना रोकटोक नेपाल–भारतका जनताले एक–अर्काको देशमा आवतजावत गर्न पाउनुपर्नेमा प्रधानमन्त्री मोदीले जोड दिए । जनकपुर जयनगर रेलमार्गको काम तीब्र गतिमा भईरहेको भन्दै रक्सौल–काठमाण्डौ रेलका साथै जलमार्गबाट समेत नेपाल–भारतलाई जोडन चाहेको उनले बताए ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएको कुराकानीको प्रसङ्ग चर्चा गर्दै मोदीले ओली समृद्ध नेपाल, सुखी नेपाल बनाउने चाहनाका साथ काम गरिरहेको पाएकोले उक्त कार्यक्रमा भारत समेत सहयोग गर्न तयार रहेको बताए । उनले भने ‘हामीले अघि सारेको सबका साथ सबका विकास भन्ने नारा सँगै ओलीजीको संकल्प मेल खान्छ, त्यसैले हामी सहयोग गर्न प्रतिवद्ध छौं ।’
नेपालमा भएका राजनीतिक परिवर्तन पश्चात आएको लोकतन्त्रिक शासन व्यवस्थाले सबैलाई जोड्ने विश्वास भारतीय प्रधानमन्त्री मोदीले व्यक्त गरे । लोकतान्त्रिक अभ्यासका क्रममा देशमा लगातार तीन ओटा निर्वाचन सम्पन्न हुनु सुखद एवम् प्रसंशनीय रहेको बताउँदै उनले भने ‘संघीय संरचनामा तहत केन्द्रीय, प्रदेश र स्थानीय तहमा जनप्रतिनीधिले जिम्मेवारी बहन गर्नु अत्यन्त सराहनीय रहेको बताए ।

तस्विरः आजतक