• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीका एक युवकको साउदीमा मृत्यु

राजविराज २६ वैशाख । वैदेशिक रोजगारको सिलसिलामा साउदीमा कार्यरत एक युवकको साउदीमा मृत्यु भएको छ ।
सप्तरी खडगनगरपालिका वडा नम्वर–९ लालपटीका २४ वर्ष सञ्जय साहको गत मङ्गलवार मृत्यु भएको हो । २०७३ साल असार ९ गते उनी मिडील ईस्ट म्यानपावर कम्पनी काठमान्डौबाट सञ्जय बैदेशिक रोजगारको क्रममा साउदीको अल्फानार कन्सट्रक्सन कम्पनीमा कम्प्युटर सम्वन्धी काम गर्दे आएको थियो । उनी गत सोमवार काम गरेर राती कोठा आएर घरमा फोन गरी उनी खाना खाएर सुतेका थिए । साथीहरुले उठाउन जाँदा मृत अवस्थामा साथीहरुले उनलाई हेरेको मृतकका दाजु उमेश साहले बताए ।
मृतक साहको शव साउदी ल्याउन वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्ने सबल नेपाल र सुचना तथा परामर्श केन्द्र राजबिराजले पहल गरिरहेको मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिए ।