Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

नेपाल कला मेला बैशाख २४ गतेदेखि बङ्गलादेशको ढाकामा सुरु

नेपाल कला मेला बैशाख २४ गतेदेखि बङ्गलादेशको ढाकामा सुरु
Bwtech New Add With Software & Bull SMS

राजविराज, २५ वैशाख । नेपाल कला मेला बङ्गलादेश– २०१८ बङ्गलादेशको राजधानी ढाकामा बैशाख २४ गते सोमबारदेखि सुरु भएको छ ।
ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा एक सप्ताहसम्म चल्ने मेलाको उद्घाटन बङ्गलादेशका संस्कृति मन्त्री असादुजमान नुरले एक समारोहका बीच सोमबार साँझ गरे । बङ्गलादेश शिल्पकला एकेडेमीका महानिर्देशक लियाकत अली लक्कीको सभापतित्वमा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा नेपाल ललितकला प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय, बङ्गलादेश संस्कृति मन्त्रालयका सचिव नासिर उद्दिन अहमद र ढाकास्थित नेपाली दूतावासका प्रतिनिधि धनबहादुर ओलीले सम्बोधन गरे ।
नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा कला मेलाको महत्व र यसले दुई मित्र राष्ट्रबीचको सम्बन्धमा पार्ने सकारात्मक प्रभावबारे वक्ताहरुले धारणा राखे । उक्त अवसरमा पोखरेली पानी रङ्गका कलाकार मनोज तामाङ, भक्तपुरका कलाकार कान्छाकाजी भासिमा र सप्तरीकी मिथिला कलाकार रन्जु यादवले कलाप्रेमीहरुको आग्रहमा अन द स्पट डेमोन्सट्रेसन अर्थात प्रदर्शनी स्थालमै प्रत्यक्ष चित्रहरु कोरेकी छिन् ।
मेलामा ६० जना नेपाली कलाकारका समसामयिक चित्रकला, लोककला र हस्तकला विधाका कलाकृतिहरु प्र्रदर्शित छन् । प्रदर्शित कलाकृतिको छनोट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कला प्रदर्शनीहरुमा पुरस्कृत भएका लगायतकाहरुबाट चित्रहरु राखिएको प्रतिष्ठनको लोककला विभागका प्रमुख एस.सी. सुमनले बताए । मेलामा सहभागी हुन नेपाल ललितकला प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायको नेतृत्वमा नौ जना कलाकार ढाका पुगेका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग दुई वर्ष अगाडि भएको सम्झौतापत्रअनुसार मेलाको आयोजना बङ्गलादेश शिल्पकला एकेडेमी र बङ्गलादेश संस्कृति मन्त्रालयले गरेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: