• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनप्रतिनिधीद्वारा बालबालिकाको अभिभावकत्व ग्रहण

जनप्रतिनिधीद्वारा बालबालिकाको अभिभावकत्व ग्रहण

राजविराज, १९ वैशाख । विद्यालय भर्ना अभियानका क्रममा सप्तरीको खोजपुरमा समेत बुधवार विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ ।
जनता आधारभुत विद्यालय खोजपुरको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि खडग नरपालिकाका प्रमुख हेमायु हकले विद्यार्थी भर्नासँगै अभिभावकत्व ग्रहण गरेका हुन् । जिल्लाको खडग नगरपालिका स्थित जनता आधारभुत विद्यालयमा ६ जना बालबालिकालाई विद्यालय भर्ना गराइएको छ ।
भर्ना गराईएका ६ जनाको अभिभावक खडग नगरपालिका वडा नम्वर ५ का सुशीला मण्डलका अभिभावक नगरपालिका प्रमुख हेमायु बनेका छन् । उज्जवल थारूको अभिभावक वडा अध्यक्ष विजय साह, प्रमेश्वर साहको अभिभावक स्कुलका प्रधानाध्यापक विजय साह बनेका छन् ।
यसैगरी ऋतिक साहको अभिभावक सबल नेपालका अध्यक्ष जुना गिरी, समिना खातुनको अभिभावक सेभ द चिल्ड्रेनका खिलनाथ निरौला र ऋषिका चौधरीका अभिभावक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र साह अभिभावक बनेका छन् । भर्ना भएका बालबालिकालाई झोला, किताब, पेन्सिल प्रदान गरी माला लगाएर विद्यालय भर्ना गरिएको छ ।
उक्त अवसरमा खडग नगरपालिका प्रमुख हेमायु हकले भर्ना भएका वालवालिकाहरूलाई नियमित विद्यालय पठाउन अभिभावकसँग आग्रह गरेका छन् । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन नसक्ने तथा विद्यालय नआउने शिक्षकलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।