• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नासु यादव अख्तियारको फन्दामा

राजविराज, १९ वैशाख । सप्तरीमा वुधवार एक नायव सुब्बा (नासु) घुस रकमसहित रङ्गेहात पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरीको टोलीले जिल्ला समन्वय समिती सप्तरीमा कार्यरत नासु युगेश्वर प्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको हो ।
महुली खोलाको पुल निर्माण कम्पनीसँग कमीशनवापतको १ लाख ३५ हजार घुस रकम लिदैगर्दा यादवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरीका प्रहरी निरीक्षक ओमप्रकास खनालले जानकारी दिएका छन् । को टोलीले यादवलाई पक्राउ गरेका हुन् । पक्राउ गरिएको यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरी लगिएको छ ।