• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा मनाईयो मैथिली बलिदानी दिवस

राजविराज, १८ वैशाख । कामकाजको भाषा मैथिली र मिथिलाराज्यको माग गर्दै आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरुको स्मरण गर्दै राजविराजमा मङ्गलवार बलिदानी दिवस मनाईएको छ ।
मिथिलाक अनुपम डेग नामक संस्थाद्वारा राजविराज स्थित शहिद दशन चौकमा श्रद्धाञ्जली सभा स्वम् धर्ना कार्यक्रम आयोजना गरिएको हो । मिथिला राज्य र कामकाजको भाषा मैथिली हुनुपर्ने माग गर्दै २०६९ साल वैशाख १८ गते जनकपुर स्थित रामानन्द चौकमा गरिएको शान्तिपूर्ण धर्नालाई लक्षित गरी गराईएको शक्तिशाली बम विष्फोटमा परी
जनकपुरमा भएको शान्तिपूर्ण धर्नामा जनकपुर ८ वलवा टोलका विमल शरण, चर्चित अभिनेतृ रञ्जु झा, रिक्सा चालक तथा प्रचारक झगरु दास, जनकपुर ८ कै सुरेश उपाध्याय र वेंगाशिवपुरका दिपेन्द्र दासको मृत्यु भएको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले प्रदेश २ मा अत्यधिक मैथिली भाषाभाषीको बसोबास रहेकोले कामकाजको भाषा मैथिली र प्रदेशको नामाकंन समेत मिथिला राखिनुपर्नेमा जोड दिएका छन् । शहिदहरुको सपना साकार पार्न सम्पूर्ण मिथिलावासी एकतावद्ध भएर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए ।
मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरु प्रा. अमरकान्त झा, विष्णुकुमार मण्डल, देवेन्द्र मिश्र, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालका अध्यक्ष करुणा झा, परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झा, उपाध्यक्ष सतिश कुमार दत्त, सचिव श्यामसुन्दर यादव, प्रा. मिथिलेश यादव, ई. प्रयाग यादव, मैथिली अभियानी धु्रव कुमार झा, मानव अधिकारकर्मी जंग बहादुर सिंह, मैथिली साहित्यकार अच्छेलाल शास्त्री, मैथिली अभियानी विजय कुमार झा, आयोजक संस्थाका अध्यक्ष निराजन झा लगायतले मन्तव्य व्यक्त गरे ।
यसअघि खुला सडकमै धर्ना बसेर सहिदहरुको सम्झनामा मैनवत्ती प्रज्वलन समेत गरिएको थियो ।