• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हरुवाचरुवा महिला समूहद्वारा अन्तरक्रिया

हरुवाचरुवा महिला समूहद्वारा अन्तरक्रिया

राजविराज, १८ वैशाख । १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा रामजानकी हरुवाचरुवा महिला बचत तथा ऋण समूहको आयोजना एवम् मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन (हुर्क) नेपालको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ मा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
स्थानीय हरुवाचरुवा, मजदुर र स्थानीय सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरी श्रमिक दिवस मनाईएको हो । रामजानकी हरुवाचरुवा महिला वचत तथा ऋण समूहकी अध्यक्ष भुटनी देवी रामको अध्यक्षता तथा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष गोपी मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको छ ।
हुर्क नेपाल संस्थाका कार्यक्रम संयोजक पोटराज पोखरेल, हुर्क नेपाल का कोषाध्यक्ष राजकुमार भुजेल, राधा शैलु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ओकील मण्डल, दिनाभद्री हरुवाचरुवा समूहको अध्यक्ष सतनी देवी सदा, पञ्चमुखी हरुवाचरुवा समूहका अध्यक्ष गिता देवी रजक, को. बर्साइन प्रहरी चौकीका इञ्चार्ज नित्यानन्द मेहता, लेखापाल साधना कर्ण, सुपरभाइजर दिपक कुमार सिंह समेतले मन्तव्य व्यक्त गरे । कार्यक्रमका वक्ताहरुले श्रमको सम्मान गर्नुपर्ने तथा उचित ज्याला एवम् मजदुरहरुको दुर्घटना बिमाको साथै सुरक्षाको समेत व्यवस्था हुनुपर्नेमा जोड दिए ।