• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पुरानो शैलीको आन्दोलनले सरकार टेर्नेवाला छैनः लेखी

पुरानो शैलीको आन्दोलनले सरकार टेर्नेवाला छैनः लेखी

बिरेन्द्र बजार, १७ बैशाख । नेपाल आदिवासी जनजाति महासंघका पुर्व केन्द्रीय अध्यक्ष राज कुमार लेखीले पुरानो शैलीले आन्दोलन गरेर सरकारले नटेर्ने बताएका छन् ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नेपालद्वारा सप्तरीको महुलीमा सोमबार आयोजित आदिवासी जनजाति महिलाहरुको आर्थिक सशक्तिकरण अनुसन्धान प्रमाणिकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आदिवासी जनजातिहरु आफ्नो मुद्दा र सरोकार सम्बन्धी अनभिज्ञ रहेकोले गाउँ—गाउँ सम्म अभियान चलाउनु पर्नेमा उनले जोड दिए ।
शहर र सदरमुकाम केन्द्रित कार्यक्रमले गाउँ घरका आदिवासीलाई छुन नसकेको बताउँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेको अध्यक्ष लेखीले भने ‘अबको आन्दोलन पुरानो शैलीवाट काठमाण्डौ र सदरमुकाममा मात्र सिमीत राखेर वर्तमान सरकारले टेर्नेवाला छैन ।’ आदिवासी जनजातिको आन्दोलनलाई उत्कर्ष र निष्कर्षमा पु¥याउने हो भने गाउँ–गाउँवाट आन्दोलन शुरुवात गर्नुपर्ने बताए ।
राष्ट्रिय अदिवासी जनजाति महिला महासंघका केन्द्रीय अध्यक्ष चिनीमाया माझीको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी जनजाति नेता डा. कृष्ण भट्टचन, कार्यक्रम संयोजक कमला थापा मगर, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नम्बर १ का अध्यक्ष सुशील कुमार चौधरी लगायतले समेत मन्तब्य ब्यक्त गरे । कार्यक्रममा अग्नीसाइर कृष्णासवरण गाउँपालिका अन्तर्गतका थारु महिला, बिभिन्न संगठनमा आवद्ध थारु नेता तथा बुद्धिजिवीहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण डा. भट्टचनले गरेका थिए भने सञ्चालन थारु महिला सभा मोरङ्गका सभापती कल्पना चौधरीले गरिन् ।