• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता

बीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता

वीरगन्ज, १४ वैशाख । नेकपा माओवादी केन्द्र बारा क्षेत्र नम्वर ३ (ख) की विद्यायिका ज्वाला कुमारी साहले काठमाडौंमा मात्रै हुने गरिएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता अहिले वीरगन्जमा देख्न पाउँदा ज्यादै खुशी लागेको बताएकी छिन् ।
नेपाल सेकाई क्योकुशिन कराँते संघ बारा, चैनपुरले परवानीपुर स्थित डि.ए.भी.आर.वि. केडिया स्कुलमा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराँते प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि साहले नेपालकै आर्थिक नगरीको रुपमा रहेको वीरगन्जले यस्ता यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुदहरु अझैं ल्याउनुपर्ने बताइन् ।
उनले भनिन् ‘स्वास्थ्य तथा मनोरञ्जनको लागि भएपनि खेलकुद अपरिहार्य भएको हुनाले खेलकुद विकास गर्नु हामी सबैको दायित्व हुन्छ, तर विडम्बना छ हामीकहाँ खेलकुदको साधन श्रोत छैन, केही साधन श्रोत भएपनि त्यसको संरक्षण हुन नसकेकोप्रति दुःख व्यक्त राज्यले मात्रै नभई अब प्रदेश स्तरबाट भएपनि खेलकुदको विकासतर्फ अगाडि बढ्नु पर्दछ ।’ खेलकुद मैदान व्यवस्थित गर्न तथा खेलाडी भाइबहिनीहरुलाई पनि प्रोत्साहन गर्नको निम्ति प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यक रहेको भन्दै प्रमुख अतिथि विद्यायिका साहले खेलकुदको विकासको निम्ति वीरगन्जमा निर्माण गरिएको १७ औं शताब्दीमा निर्माण गरिएकोमा अहिले २१ औं शताब्दीमा अझै प्रगति हुनुपर्नेमा विनाश हुँदै गइरहेको बताईन् ।
नेपाल सेकाई क्योकुशिन कराते संघका सचिव भिखारी साह कानुको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा राजपाका नेता शिव पटेल, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडिया लगायतले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वैशाख १४ र १५ गते दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल, भारत तथा भुटानका खेलाडीहरु भाग लिएका छन् भने उक्त खेलको निर्णायकमा कराँते सेन्साई नरेश राउत कुर्मी (वीरगन्ज), सुजित पाण्डे (हैदरावाद), दिलदार सिंह (हैदरावाद), रोहित बेयाली (काठमाडौं), करण बहादुर राई (सर्लाही), मिन लामा (रौतहट), अपरा बोहरा (भुटान), अजय होल्डर (कोलकत्ता), अरुण सिंह (यु.पि.) तथा एम.डि. नसरुद्दिन रहेका छन् ।