Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

फाँसीको सजायबाट जोगिने भए उमेश यादव

फाँसीको सजायबाट जोगिने भए उमेश यादव
Bwtech New Add With Software & Bull SMS

राजविराज, १२ वैशाख । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्युदण्डको सजाय सुनाईएका धनुषाका उमेश यादवको ज्यान जोगिने निश्चित भएको छ ।
तराई मधेस राष्ट्रिय परिषदका सदस्य सरोज रायको नेतृत्वमा विभिन्न व्यक्तिहरुको सहयोग तथा विशेष पहलमा उनले आममाफी पाउने निश्चित भएको हो । करिब १२ बर्षअघि साउदी अरेबियामा रोजगारीका क्रममा आपसी भनाभन हुँदा भएको दुर्घटनामा पाकिस्तानी नागरिक मो. लतिपको मृत्यू भएको थियो । सोही घटनामा साउदी अरेबियाको अदालतले धनुषाको कमला नगरपालिका वडा नम्वर ३ का उमेश यादवलाई पाकिस्तानी नागरिक मो. लतिपको हत्याको आरोपमा फाँसीमा झुण्डयाएर मृत्यूदण्डको सजाय सुनाएको थियो ।
मृत्युदण्डका लागि बैशाख ३० गतेसम्म अन्तिम म्याद तोकिएको थियो । उनको जीवनरक्षाकालागि पहल गर्न समाजिक अभियन्ता सरोज राय दूतावास मार्फत पाकिस्तान पुगेर मृतकका परिवारजनका साथै सरोकारवालाहरुसँग पहल थालेका थिए । घटनामा मारिएका लतिपको परिवारजन तथा वकिलसँगको लामो छलफल पश्चात अन्ततः पाकिस्तानी परिवार माफी दिन तयार भएका छन् ।
अभियन्ता रायले बुधबार आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेका छन् ‘पाकिस्तानी परिवारले माफी दिएर ठुलो इन्सानियत देखाएको छ, जसको लागि हामी सम्पूर्ण नेपाली सदा आभारी रहने छौं, अब थोरै मानवता नेपालीहरूले पनि देखाउने बेला आएको छ, पीडित परिवारलाई हामी सबैले आर्थिक सहयोग गरेर मद्दत गरौं, के–कति ? भोली अधिकारिक कागजात र मञ्जुरनामा पश्चात मात्र थप कुराको खुलासा गर्नेछु ।’
मृतक लतिपका परिवारले माफीनामा दिएपछि सउदी अरेबियाको पुनरावेदन अदालतमा आममाफीको लागि अपिल गर्ने बाटो खुलेको छ । सन् २००६ देखि अर्थात् विगत १२ बर्षदेखि सउदी अरेबियाको जुबेल जेलमा रहँदैआएका छन् । उक्त घटनाबारे भने उमेशले लतिपको हत्या नगरेको तथा दुर्घटनावंश उनको मृत्यू भएको बताउँदै आए पनि अदालतले दोषी ठहर गर्दै आउँदो १३ मई २०१८ का दिन मृत्यूदण्ड फैसला सुनाएको थियो ।

Online Saptari

About The Author

%d bloggers like this: