• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आशाराम बापुलाई जन्मकैदको सजाय

भारत । यौन शोषण काण्डमा जोधपुर अदालतले बुधवार आसाराम बापुलाई जन्मकैदको सजाय सुनाएका छन् ।
उक्त काण्डमा मुछिएकां अन्य दुई जना दोषीलाई २०–२० वर्षको सजाय सुनाएको छ । जोधपुर केन्द्रीय कारागार परिसरमा न्यायाधीश मधुसूदन शर्माले सबै दोषीलाई सजाय सुनाएको छ ।
अदालतले बुधवारको सुनवाईमा आसाराम समेत ४ जना दोषी ठहर गरेको छ । अन्य २ जनालाई आरोप साबित नभएपछि रिहाई गरिएको छ । जन्मकैदको सजाय सुनाए लगत्तै आशाराम बापु रुँदै केहीबेर शान्त रहेका थिए । तत्पश्चात उनले न्यायाधीश मधुसूदन सामु गुहार लगाएका थिए । यसअघि जब आसारामलाई विहान दोषी करार दिँदा नाटकीय अन्दाजमा हाँसेका थिए ।
पीडित किशोरीले जोधपुरको एक फार्म हाउसमा उपचारको बहानामा आसारामले १५ और १६ अगस्त २०१३ मा यौन उत्पीडन भएको आरोप लगाईकी थिईन् । पीडित परिवारले दिल्लीको कमलानगर थानामा १९ अगस्तमा प्रहरीमा उजुरी दिएका थिए ।

तस्विर साभारः dnaindia.com