• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सशस्त्र प्रहरी निरीक्षक भोला खत्रीको बिदाई

सशस्त्र प्रहरी निरीक्षक भोला खत्रीको बिदाई

बिरेन्द्र बजार, १२ वैशाख । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सितापुरका बेस कमाण्डर भोला खत्रीलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
कार्यकाल कुशलतापुर्वक निर्वाह गरेको भन्दै अग्नीसाइर कृष्णा सवरण गाउँपालिका–२ स्थित सितापुर बेसमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक खत्रीलाई विदाई गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम चौधरीले फुलमाला, अविर, मायाको चिनो र स्थानिय नेताहरुद्वारा खादा लगाएर विदाई गरिएको छ ।
सोही अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष चौधरीे आफ्नो कार्यकालमा खत्रीले जनभावना अनुरुप कुशलता पुर्वक सुरक्षा प्रदान गरेकोमा प्रशंसा व्यक्त गरे । सशस्त्र प्रहरी निरीक्षक खत्री क्रियाशिल, मृदृभाषी, मिलनसार र आफ्नो पेशाप्रति अनुभवी र बफादार रहेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
कार्यक्रममा नयाँ बेस कमाण्डरको जिम्मेवारीमा आएका सशस्त्र प्रहरी निरीक्षक रित बहादुर बस्नेतलाई स्वागत गरियो । बिदाई तथा सम्मान कार्यक्रममा अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सुशिल कुमार चौधरी, २ का वडा अध्यक्ष पशुपती प्रसाद चौधरी, ५ का वडा अध्यक्ष श्रीप्रसाद यादव, ६ का वडा अध्यक्ष कुसुम आचार्य, ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रहरी नायव निरीक्षक रामबाबु राय यादव लगायतको उपस्थिति थियो ।
यसैगरी साबिक सितापुर गाविसका पुर्व अध्यक्ष बसन्त कुमार चौधरी, हरिहरपुरका बद्री चौधरी, स्थानिय नेता बेचन प्रसाद चौधरी, बोधराज सुवेदी, बेचन प्रसाद मण्डल सहितका स्थानिय बुद्धिजिवीहरुको समेत उपस्थिति थियो । गत कार्तिक ७ गतेदेखि बेस कमाण्डरको जिम्मेवारी सम्हालेका खत्रीको ६ महिने अवधि पुरा गरेपछि सशस्त्र प्रहरी म्याग्लुम गुल्मा तेह्रथुम दरबन्दी भई सरुवा भएका छन् ।