प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटकीय विकासः मुख्यमन्त्री राउत

प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटकीय विकासः मुख्यमन्त्री राउत
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, १० बैशाख । मुख्यमन्त्री लालबाबु राउतले धार्मिक पर्यटकीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
जानकी नवमीको अवसरमा रामायण सर्किटले आयोजना गरेको रामायण मेलाको उद्घाटन सत्रमा मुख्यमन्त्री राउतले प्रदेश नम्वर २ को विकासको प्रमुख आधार धार्मिक पर्यटन रहेको उल्लेख गर्दै त्यसको विकासको लागि सरकार प्रतिवद्ध रहेको बताए । प्रदेश सरकार जानकी मन्दिरलाई आधार बनाएर धार्मिक सर्किटको योजना सार्वजनिक गरि सकेको बताउँदै उनले प्रदेश भित्र रहेको सबै धार्मिक स्थल तथा क्षेत्रहरुलाई एउटै लाइनमा जोडिने समेत बताए ।
भारत सरकारको पहलमा निर्माण हुन लागेको रामायण सर्किटले जनकपुर र अयोध्यालाई मात्र जोडेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसलाई विस्तार गरेर भारतका अन्य धार्मिक स्थलसँग समेत जोडने योजना ल्याउनुपर्ने बताए । माता जानकी क्षेत्रको मात्र नभई विश्वकै धरोहर रहेकाले जानकी मन्दिरको विकास र विश्व सम्पदा सूचिमा सूचिकृत गराउन प्रदेश सरकारले हर सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । माता जानकीको जन्मोत्सवमा प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा समेत गरेको छ ।

Online Saptari
Online Saptari

About The Author