• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

विवाहका लागि प्रियंकाको अनौठो शर्तः दश हजार विरुवा लगाउनुपर्ने

विवाहका लागि प्रियंकाको अनौठो शर्तः दश हजार विरुवा लगाउनुपर्ने

मध्य प्रदेशकी एक युवतीले विवाह हुनु अघि अपत्यारिलो शर्त राखेपछि सबै जिल्ल परे । प्रियंका भदोरिया नाम गरेकी युवतीले विवाह अघि ससुराली पक्ष समक्ष १० हजार विरुवा लगाउनुपर्ने शर्त राखिन् । प्रियंकाले हुनेवाला ससुराली पक्षलाई १० हजार विरुवा नलगाएसम्म विवाह नगर्ने चेतावनी सहितको शर्त राखिन् । विवाह अघि नै यस्तो अनौठो शर्त राखेपछि ससुराली पक्षका व्यक्तिहरु एकछिन अक्क न बक्क भए । तर पछि प्रियंकाको प्रस्तावलाई स्वीकार गरेपछि गत शुक्रवार धुमधामका साथ विवाह सम्पन्न भएको छ । प्रियंका भिंडको किशीपुरा गाउँ निवासी हुन् ।
हाम्रो समाजमा केटा पक्षले केटी पक्षबाट दाइजो लिने कुप्रथा रहेको छ । तर भारतको किशीपुरा क्षेत्रमा विवाह अघि दुलहीलाई सोध्ने गरिन्छ कि ‘तपाईलाई के चाहियो ?’ उक्त प्रश्नको जवाफमा सामान्यतया युवतीहरुले महँगो गहना, कपडा ईत्यादी माग्ने गर्छिन् । तर प्रियंकाले भने यो केही नमागीकन पर्यावरण जोगाउन विरुवा लगाउनुपर्ने माग राखेर भारतमै यतिबेला उनी चर्चामा छिन् ।
प्रियंकाले १० वर्षको उमेरदेखि विरुवा लगाउने कार्यमा संलग्न रहँदैआएकी छिन् । त्यसैले उनले विवाहको तिथि समेत ‘इन्टरनेशनल अर्थ डे’ कै दिन गरिन् । प्रियंकाका पति रवि चौहानले आफ्नी पत्नीको सोचबाट अत्यन्त प्रभावित भएको भन्दै खुशी व्यक्त गरेका छन् । पर्यावरणप्रति प्रियंकाको लगाव उदाहरणीय रहेको भन्दै आफुहरुले पुरा गर्ने प्रतिवद्धता समेत पति रविले व्यक्त गरेका छन् ।
दश हजार विरुवामध्ये पाँच हजार माइतीमा समेत रोपिने उनले सोच बनाएको ‘आजतक’मा समाचार छ । भारतको विभिन्न क्षेत्रमा बढ्दो सुख्खा, खडेरी र पानीको अभावलाई कम गर्न ग्रामिण स्तरबाट प्रियंकाले थालेको प्रयास सराहनीय रहेको भन्दै त्यहाँका बुद्धिजिवीहरुले प्रसंशा गरेका छन् ।
तस्विर साभारः आजतक