जनकपुरधाम, ९ बैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भारतीय राजदूत मंजीव सिंह पुरी बीच शिष्टाचार भेंटघाट भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ उनीहरु बिच भेटघाट भएको हो । करिब ४५ मिनेटसम्म चलेको भेटघाटका क्रममा भारतीय राजदूत पुरीले मुख्यमन्त्री राउतलाई बधाई ज्ञापन गरे । मुख्यमन्त्री राउतलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे भारतीय राजदूत पुरीले जानकारी गराएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघिको भ्रमणमा समेत मोदीले जनकपुर जाने इच्छा देखाए पनि कारणवश जान पाएका थिएनन् ।
भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो गरेका थिए ।