संघीय सरकारले प्रदेशमा प्रभुत्व देखाउन खोजेको छः मुख्यमन्त्री राउत

संघीय सरकारले प्रदेशमा प्रभुत्व देखाउन खोजेको छः मुख्यमन्त्री राउत
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, ८ बैशाख । मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा कर्मचारीको समस्यालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
स्थानीय तह कर्मचारी मिलन केन्द्र नेपाल प्रदेश समिति प्रदेश नम्बर २ ले शनिबार आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । प्रदेश सरकार कर्मचारीप्रति पूर्वाग्रह नरहेको स्पष्ट पार्दै उनले प्रदेश निर्माणमा उल्लेख्य भूमिका निर्वाह गर्न स्थानीय तह कर्मचारीहरुलाई आह्वान गरे ।
स्थानीय तह कर्मचारीसित प्रदेश सरकारले न्याय गर्ने प्रतिबद्धता उहाँले गर्नुभयो । राजनीतिक दलले संघीयता स्वीकार गरेपनि कर्मचारीले स्वीकार नगरेको उनले गुनासो गरे । निजामती कर्मचारीका मुलुकमा वेथिति भएको उनले दावी गरे । देशलाई भ्रष्टाचारीको दलदलमा फँसाउने यिनै कर्मचारीहरु रहेको भन्दै मुख्यमन्त्री राउतले थपे ‘करारमा कर्मचारी भर्ना गरेर संघीय सरकारले प्रदेशमा प्रभुत्व देखाउन खोजेकोले यस्तो हस्तक्षेपको प्रदेश सरकार सामना गर्न तयार छ ।’
प्रदेश सरकारले कानून बनाएर आप्mनै लोकसेवा आयोग, प्रदेश प्रहरी गठन गरेर सशक्त रुपमा अघि बढने तर्क उनले राखे । स्थानीय तह कर्मचारी मिलन केन्द्र नेपालका केन्द्रिय उपाध्यक्ष मनोज झाको अध्यक्षतामा आयोजित भेलामा मुख्यमन्त्री राउतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भेलामा प्रदेश नम्बर २ का साढे चार सय कर्मचारीहरु सहभागी थिए ।

Online Saptari
Online Saptari

About The Author