कृषि सम्वन्धी विशेष योजना ल्याएका छौंः मन्त्री साह

कृषि सम्वन्धी विशेष योजना ल्याएका छौंः मन्त्री साह
Bwtech New Add With Software & Bull SMS

राजविराज ८ बैशाख । प्रदेश २ का भुमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषिलाई आधुनिक प्रविधिद्वारा कृषिजन्य कच्चा पदार्थलाई व्यवस्थापन गर्न विशेष योजनाहरु ल्याएको बताएका छन् ।
नेपाल–भारत मैत्री जिल्ला शाखा सप्तरीका आजीवन सदस्य समेत रहेका मन्त्री साहको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । प्रदेश नम्वर २ मा कृषि भूमि भए पनि सिंचाईको एकदमै अभाव रहेकाले किसानद्वारा उब्जाइएको खाद्यान्न पदार्थको शीत भण्डारण, धान, आँप, गहुँ अनुसन्धान केन्द्र लगायत योजनाहरु अगामी वर्षमा कार्य शुरु हुने जानकारी दिए । किसानहरुको लागि सिंचाई नै प्रमुख भएकाले सिंचाईका लागि यस नेपाल भारत मैत्री संघ शाखाले मित्रराष्ट्र भारतसँग पहल गर्न आग्रह गरे ।
कार्यक्रममा मैत्री शाखा सप्तरीका कार्यसमिति सदस्य तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले नेपाल–भारत मैत्री संघलाई गतिविधि अगाडि बढाउनु पर्नेमा जोड दिए । संघका जिल्ला शाखा सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाको अध्यक्षतामा आयोजित कार्यक्रममा बैशाख १५ गते संघको मैत्री सभा हुने निर्णय भएको शाखाका उपाध्यक्ष ओम प्रकाश साहले बताए ।

Online Saptari

About The Author

%d bloggers like this: