• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सुपर सिक्सेजको उपाधीमाथि शिब्स टिमको कब्जा

सुपर सिक्सेजको उपाधीमाथि शिब्स टिमको कब्जा

राजविराज, ८ वैशाख । युथ लेओपार्डस सप्तरीको आयोजनामा राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा शनिवार सम्पन्न खेलमा राजविराज सुपर सिक्सेज क्रिकेट टुर्नामेन्टको उपाधी शिब्स बोर्डिङ्ग स्कूलले हात पारेको छ ।
टस जितेर आयोजक टिमले निर्धारित ६ ओभरमा ५१ रन बनाए । ५२ को लक्ष्य शिब्सलाई दिए । जसमा गुणानन्द राय ११, महबुब आलम ११ र गोपाल कर्ण २० बनाए । विवेक चौरसियाले एक विकेट हात पारे । व्याटिङ्गतर्फ शिब्सका विवेक यादवले २५ र मायानन्द चौधरी २९ रन बनाए । बलिङ्गतर्फ मायानन्द चौधरीले २, नन्दन ३, अमित र विवेकले एक–एक विकेट लिए । विवेक यादव म्यान अफ द म्याच र गुणानन्द राय म्यान अफ द सिरिज घोषित भए । गोपाल कर्ण बेस्ट ब्याट्सम्यान र नन्दन झा बेस्ट बलरको उपाधीबाट पुरस्कृत भएको आयोजक संस्थाका अमन चौधरीले जानकारी दिएका छन् ।
युथ लेओपार्डस सप्तरीका अध्यक्ष राहुल देवको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, राजविराज नगरपालिका वडा नम्वर ५ का अध्यक्ष समिर झा लगायतले विजेता तथा उप–विजेता टिमलाई पुरस्कार प्रदान गरे ।