सुरेन्द्रको आक्रामक व्याटिङ्गले युथ लेओपार्डस विजयी

सुरेन्द्रको आक्रामक व्याटिङ्गले युथ लेओपार्डस विजयी
Bwtech New Add With Software & Bull SMS

राजविराज, ५ वैशाख । युथ लेओपार्डस्द्वारा सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा जारी राजविराज सुपर सिक्सेजको बुधवार सम्पन्न दोस्रो सेमी फाइनल खेलमा आयोजक टिम विजयी भएको छ ।
युथ लेओपार्डले टस जितेर फिल्डिङ्ग रोज्यो । लंका टाइगर्सले ब्याटिङ्ग रोज्दै निर्धारित ६ ओभरमा ६ विकेटको नोक्सानीमा ७४ रन बनाउन सफल भए । ७५ रनको लक्ष्य खडा गर्दै विकास झा र पवन यादवले समान २२–२२ रन बनाए । बलिङ्गतर्फ गुणानन्द राय २ विकेट, चन्दन ठाकुर र मुना साहले समान एक–एक विकेट लिन सफल भए ।
लक्ष्य पछ्याउन ओर्लेका युथ लेओपार्डसले छैठौं ओभरको प्रगतीमा ३ विकेटको नोक्सानीमा भेटाए । जसमा सुरेन्द्र यादव २५, गुणानन्द राय २२ र गोपाल कर्ण ११ रन बनाउन सफल भए । बलिङ्गतर्फ श्याम २ विकेट लिन सफल भए । खेलको म्यान अफ द म्याच गुणानन्द राय भए ।
प्रतियोगिताको फाइनल खेल शिब्स बोर्डिङ्ग स्कूल र युथ लेओपार्ड्स बिच वैशाख ८ गते हुने आयोजक समितिका सचिव प्रज्जवल मगरले जानकारी दिए ।

Online Saptari

About The Author

%d bloggers like this: